Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०९ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

बजेट लेखनमा अनधिकृत व्यक्तिको प्रवेश : कर्मचारीलाई दोष दिएर उम्कने दाउमा अर्थमन्त्री

बजेट लेखनमा अनधिकृत व्यक्तिको प्रवेश : कर्मचारीलाई दोष दिएर उम्कने दाउमा अर्थमन्त्री

आर्थिक वर्ष २०७९/८० बजेट तथा आर्थिक ऐनको तयारीका सन्दर्भमा अनधिकृत प्रवेशको विषय बाहिरिएपछि अर्थ मन्त्रालयले सार्वजनिक खण्डन गरेको छ। 

अन्नपूर्ण पोष्ट दैनिकले करका दर समावेश भएको आर्थिक विधेयक लेखनको अन्तिम समयमा अनधिकृत व्यक्तिको प्रवेश भएको विषयमा समाचार लेखेको थियो। सो समाचारपछि मन्त्री आफैले पनि संसदमा उभिएर खण्डन गरेका छन्। 

उनले आरोप प्रमाणित गर्न चुनौती दिएका छन्। बाहिर प्रमाणित गर्न चुनौती दिएपनि भित्र भने उनी उम्किने ध्याउन्नमा छन्। 

कर्मचारीलाई तर्साउनेगरी उनले अभिव्यक्ति दिन थालेका छन्। अर्थमन्त्री शर्माले आफू बजेटलाई अन्तिम रुप दिनु पहिले घर गएको र बाहिरको मान्छे कर्मचारीले नै ल्याएको हुनसक्ने बताउन थालेका छन्। दुई सचिव र दुई सहसचिवलाई लक्षित गर्दै त्यहाँ आएका भनिएका व्यक्तिलाई आफूले नचिनेको बरु कर्मचारीले नै ल्याएको हुनसक्ने बताउन थालेका छन्। 

‘उहाँले अहिले आफू उम्किने प्रयास गर्नुभएको छ। सायद आफ्नो पार्टीको नेतृत्व तथा नेतालाई त्यही रिपोर्टिङ गर्नुभएको होला’ अर्थसम्बद्ध अधिकारीले भने। 

बजेट लेखनको सिलसिलामा अनधिकृत मान्छेलाई शर्मा आफैले बोलाएर प्रवेश गराएका थिए। व्यापारिक तथा बिचौलियाको स्वार्थअनुसार करका दरमा हेरफेर गरिएको थियो। यो विषय बाहिरिएपछि शर्मामाथि गम्भीर नैतिक प्रश्न उठेको छ। 

प्रश्नको जवाफ दिनुको साटो उनी अहिले कर्मचारीमाथि दोष थोपर्ने दाउमा छन्। ‘उहाँ अहिले कर्मचारीहरूले नै बाहिरको मान्छे छिराएको हुनसक्ने भन्न थाल्नुभएको छ। यसले गर्दा अर्थमा कुनै पनि कर्मचारीले सुरक्षित महसुस गरेका छैनन्’ स्रोतले भन्यो। 

प्रतिक्रिया

ट्रेन्डिङ