Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

अखिल क्रान्तिकारीको बैठकमा कुटाकुट

अखिल क्रान्तिकारीको बैठकमा कुटाकुट

नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु क्रान्तिकारीको बैठकमा कुटाकुट भएको छ।

आइतबार तीनकुनेस्थित एक ब्याङ्क्वेटमा भएको बैठकमा उपाध्यक्ष पवन कार्की समूहसँग विवाद भएपछि कुटाकुट भएको हो। बैठकमा हो-हल्ला गरेपछि कार्की लगायतलाई प्रहरीले निकालेको अनेरास्ववियु क्रान्तिकारीका महासचिव दिपेश पुनले सेतोपाटीलाई बताए।

‘उहाँले आफ्नो समूहका केहीलाई पदाधिकारी बनाउन माग गर्नुभएको थियो। तर हलले मान्ने अवस्था रहने,' पुनले भने,'धेरै नै हल्ला र अराजकता देखाउन खोजेपछि प्रहरीले शान्त पारेको हो। अहिले फेरि बैठक सुरू हुन लागेको छ।'

कार्कीसहित केही नेताहरू भने बैठकमा आएका छैनन्। उपाध्यक्ष कार्कीले भने अवैधानिक तरिकाले चयन भएको पदाधिकारी खारेज गर्नुपर्ने माग आफूहरूले राखेको बताए।

'जुमबाट पदाधिकारी चयन भएको भनेर हामीले त पहिला पनि विरोध गरेको हो। हामीले त्यसलाई अवैधानिक निर्णय भनेको हो। वैशाख ५ को त्यो निर्णय खारेजी गर्नुपर्छ भनेको हो,' कार्कीले भने,'पार्टी अध्यक्षले समेत सच्याउँछौं भन्नुभएको थियो। उहाँहरू जबरजस्ती अगाडि बड्न खोजेपछि अवैधानिक कमिटी सच्याउन पर्‍यो भन्दै नाराबाजी गरेका हौं। त्यसपछि झडप भयो अनि प्रहरीले हस्तक्षेप गरेको हो।'

प्रतिक्रिया