ताजा अपडेट
अखिल क्रान्तिकारीको बैठकमा कुटाकुट
नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु क्रान्तिकारीको बैठकमा कुटाकुट भएको छ।
आइतबार तीनकुनेस्थित एक ब्याङ्क्वेटमा भएको बैठकमा उपाध्यक्ष पवन कार्की समूहसँग विवाद भएपछि कुटाकुट भएको हो। बैठकमा हो-हल्ला गरेपछि कार्की लगायतलाई प्रहरीले निकालेको अनेरास्ववियु क्रान्तिकारीका महासचिव दिपेश पुनले सेतोपाटीलाई बताए।
‘उहाँले आफ्नो समूहका केहीलाई पदाधिकारी बनाउन माग गर्नुभएको थियो। तर हलले मान्ने अवस्था रहने,' पुनले भने,'धेरै नै हल्ला र अराजकता देखाउन खोजेपछि प्रहरीले शान्त पारेको हो। अहिले फेरि बैठक सुरू हुन लागेको छ।'
कार्कीसहित केही नेताहरू भने बैठकमा आएका छैनन्। उपाध्यक्ष कार्कीले भने अवैधानिक तरिकाले चयन भएको पदाधिकारी खारेज गर्नुपर्ने माग आफूहरूले राखेको बताए।
'जुमबाट पदाधिकारी चयन भएको भनेर हामीले त पहिला पनि विरोध गरेको हो। हामीले त्यसलाई अवैधानिक निर्णय भनेको हो। वैशाख ५ को त्यो निर्णय खारेजी गर्नुपर्छ भनेको हो,' कार्कीले भने,'पार्टी अध्यक्षले समेत सच्याउँछौं भन्नुभएको थियो। उहाँहरू जबरजस्ती अगाडि बड्न खोजेपछि अवैधानिक कमिटी सच्याउन पर्यो भन्दै नाराबाजी गरेका हौं। त्यसपछि झडप भयो अनि प्रहरीले हस्तक्षेप गरेको हो।'
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया