ताजा अपडेट
चौरपाटी गाउँपालिकाको गाउँसभाद्धारा बार्षिक बजेट, निति तथा कार्यक्रम पारित
चौरपाटी गाउँपालिकाको दोस्रो गाउँसभाकाृ प्रथम अधिबेशनले बार्षिक बजेट, निति तथा कार्यक्रम पारित गरेको छ । आज बसेको गाउँ सभाले आर्थिक वर्ष २०७९/०८० को बजेट, निति तथा कार्यक्रम पारित गरेको हो । सभाले आ.ब. २०७९/०८०को लागी ४५ करोड ३७ लाख २५ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ ।
गाउँपालिकाले प्रस्तुत गरेको निति तथा कार्यक्रममा कृषिलाई उच्च प्राथमिकतामा राखेको छ । त्यसैगरी शिक्षा, स्वाथ्य, खानेपानी तथा सरसफाई, पर्यटन बिकास, पुर्वाधार, बन तथा वातावरण, सुशासन तथा सस्थागत क्षमता अभिबृद्धि लगायतका बिषयलाई प्राथमिकतामा पारेको छ । निति तथा कार्यक्रममा रैथाने बालीहरु सरक्षण, फलेको कोदो, कुटेको धान कार्यक्रमलाई निरन्तरता दिने उल्लेख गरेको छ । न्युन पारिश्रमिकमा रहेका बिधालयका कर्मचारी,बाल बिकासका सहजकर्ताहरुलाई प्रोत्साहन बजेटको व्यवस्था गरेको छ । गाउँपालिकाले त्यसैगरी एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिएको छ ।
गाउँपालिकाले आ.ब. २०७९/०८० का लागी १ करोड २४ लाख राजश्व संकलन गर्ने लक्ष्य समेत लिएको छ । गाउँपालिका अध्यक्ष भीमबहादुर साउँदको अध्यक्षतामा सम्पन्न भएको गाउँसभामा निति तथा कार्यक्रम र बार्षिक बजेट वडा नम्बर ५ का वडाअध्यक्ष हिमकर्ण खड्काले प्रस्तुत गरेका थिए ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
प्रतिक्रिया