Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, १९ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

चौरपाटी गाउँपालिकाको गाउँसभाद्धारा बार्षिक बजेट, निति तथा कार्यक्रम पारित

चौरपाटी गाउँपालिकाको गाउँसभाद्धारा बार्षिक बजेट, निति तथा कार्यक्रम पारित

चौरपाटी गाउँपालिकाको दोस्रो गाउँसभाकाृ प्रथम अधिबेशनले बार्षिक बजेट, निति तथा कार्यक्रम पारित गरेको छ । आज बसेको गाउँ सभाले आर्थिक वर्ष २०७९/०८० को बजेट, निति तथा कार्यक्रम पारित गरेको हो । सभाले आ.ब. २०७९/०८०को लागी ४५ करोड ३७ लाख २५ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

गाउँपालिकाले प्रस्तुत गरेको निति तथा कार्यक्रममा कृषिलाई उच्च प्राथमिकतामा राखेको छ । त्यसैगरी शिक्षा, स्वाथ्य, खानेपानी तथा सरसफाई, पर्यटन बिकास, पुर्वाधार, बन तथा वातावरण, सुशासन तथा सस्थागत क्षमता अभिबृद्धि लगायतका बिषयलाई प्राथमिकतामा पारेको छ । निति तथा कार्यक्रममा रैथाने बालीहरु सरक्षण, फलेको कोदो, कुटेको धान कार्यक्रमलाई निरन्तरता दिने उल्लेख गरेको छ । न्युन पारिश्रमिकमा रहेका बिधालयका कर्मचारी,बाल बिकासका सहजकर्ताहरुलाई प्रोत्साहन बजेटको व्यवस्था गरेको छ । गाउँपालिकाले त्यसैगरी एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिएको छ । 
गाउँपालिकाले आ.ब. २०७९/०८० का लागी १ करोड २४ लाख राजश्व संकलन गर्ने लक्ष्य समेत लिएको छ । गाउँपालिका अध्यक्ष भीमबहादुर साउँदको अध्यक्षतामा सम्पन्न भएको गाउँसभामा निति तथा कार्यक्रम र बार्षिक बजेट वडा नम्बर ५ का वडाअध्यक्ष हिमकर्ण खड्काले प्रस्तुत गरेका थिए । 

प्रतिक्रिया

ट्रेन्डिङ