ताजा अपडेट
उत्पादनमुखी क्षेत्रमा मात्र बजेट बिनियोजन गर्न समन्वय प्रमुख कुँवरको आग्रह
जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुँवरले उत्पादन मुखी क्षेत्रमा मात्र बजेट बिनियोजन गर्न आग्रह गर्नु भएको छ । साँफेबगर नगरपालिकाको दोसौ नगर सभाको नवौ अधिबेशन उद्घाटन गर्दे प्रमुख अतिथि कुवरले अनउत्पादन क्षेत्रमा भन्दा उत्पादनमुखी कृषि क्षेत्रमा लगानी लगाउन आग्रह गर्नु भएको हो । उहाँले नगरभित्र रहेका बाझो जमिनहरुको उपयोग गर्दे कृषि क्षेत्रमा युवाहरुलाई प्रोत्साहन गर्न तर्फ जोड दिनु भयो । समनव्य समिति प्रमुख कुवरले टुक्रे योजनाहरु भन्दा पनि बिकास देखिने योजनाहरुलाई छनौट गर्न पनि सुझाब दिनु भयो ।
नगर प्रमुख राजेन्द्रबहादुर कुँवरको अध्यक्षतामा भएको अधिबेशन उद्घाटन कार्यक्रममा स्वागत मन्तब्य उपप्रमुख शिबबहादुर कुँवर शिलोजले राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद शर्माले गर्नु भएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति लाल बहादुर कुँवर, एमालेका नगर उपाध्यक्ष ललित रैगाई, नेकपा माओवादीका रंग ठकुल्ला, एकिकृत समाजवादीका नगर कमीटी सचिब पृथ्बी कुँवरले सुझाब सहित शुभकामना मन्तव्य राख्नु भएको थियो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया