Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

साँफेबगर नगरपालिकाले बयालपाटा अस्पताललाई एक करोड दिने

साँफेबगर नगरपालिकाले बयालपाटा अस्पताललाई एक करोड दिने

साँफेबगर नगरपालिकाले आर्थिक संकट झेलिरहेको बयालपाटा अस्पताललाई एक करोड बजेट विनियोजन गरेको छ।

शुक्रबार बसेको नगरसभाले स्वास्थ क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै एक करोड बजेट बिनियोजन गरेको हो। बयालपाटा अस्पताललाई सुदूरपश्चिम प्रदेश सरकारले पुँजीगततर्फ साढे चार करोड बजेट बिनियोजन गरेको छ। बयालपाटा अस्पताल सञ्चालनका लागि १२ करोड रकम आवश्यक रहेको अस्पतालले जनाएको छ।

साँफेबगर नगरपालिकाको नगरसभाले आर्थिक वर्ष २०७९/८० का लागि ६९ करोड २७ लाख ६३ हजारको बजेट र नीति तथा कार्यक्रम पारित गरेको छ।

नगरपालिकाले स्वास्थ बिमालाई प्रभावकारीरुपमा कार्यान्वय गर्ने, सुरक्षित गर्भपतन सेवा बिस्तार गर्ने, दुर्गमका वडाहरुमा एकीकृत स्वास्थ्य शिविर, प्रसुती गृह सञ्चालन, पोषण विशेष कार्यक्रमलाई प्राथमिकतामा राखेको छ।

कृषिको क्षेत्रमा एक वडा एक उत्पादन, रैथाने बाली संरक्षण, कृषक पाठशाला सञ्चालन गर्ने नीति लिएको छ। त्यसैगरी नगरका विपन्न समुदायको २५ युनिट विद्युत नि:शुल्क गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ।

शिक्षा, पूर्वाधार, वन वातावरण, लैंगिक समानता तथा सामाजिक समावेशीकरणर पर्यटनका क्षेत्रमा बजेट विनियोजन गरिएको छ।

नगर प्रमुख राजेन्द्रबहादुर कुँवरको अध्यक्षतामा भएको नगरसभामा नीति तथा कार्यक्रम र बजेट नगर उपप्रमुख शिवबहादुर कुँवरले प्रस्तुत गरेका थिए। 

प्रतिक्रिया