Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

साँफेबगर नगरपालिकाले बयालपाटा अस्पताललाई एक करोड दिने

साँफेबगर नगरपालिकाले बयालपाटा अस्पताललाई एक करोड दिने

साँफेबगर नगरपालिकाले आर्थिक संकट झेलिरहेको बयालपाटा अस्पताललाई एक करोड बजेट विनियोजन गरेको छ।

शुक्रबार बसेको नगरसभाले स्वास्थ क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै एक करोड बजेट बिनियोजन गरेको हो। बयालपाटा अस्पताललाई सुदूरपश्चिम प्रदेश सरकारले पुँजीगततर्फ साढे चार करोड बजेट बिनियोजन गरेको छ। बयालपाटा अस्पताल सञ्चालनका लागि १२ करोड रकम आवश्यक रहेको अस्पतालले जनाएको छ।

साँफेबगर नगरपालिकाको नगरसभाले आर्थिक वर्ष २०७९/८० का लागि ६९ करोड २७ लाख ६३ हजारको बजेट र नीति तथा कार्यक्रम पारित गरेको छ।

नगरपालिकाले स्वास्थ बिमालाई प्रभावकारीरुपमा कार्यान्वय गर्ने, सुरक्षित गर्भपतन सेवा बिस्तार गर्ने, दुर्गमका वडाहरुमा एकीकृत स्वास्थ्य शिविर, प्रसुती गृह सञ्चालन, पोषण विशेष कार्यक्रमलाई प्राथमिकतामा राखेको छ।

कृषिको क्षेत्रमा एक वडा एक उत्पादन, रैथाने बाली संरक्षण, कृषक पाठशाला सञ्चालन गर्ने नीति लिएको छ। त्यसैगरी नगरका विपन्न समुदायको २५ युनिट विद्युत नि:शुल्क गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ।

शिक्षा, पूर्वाधार, वन वातावरण, लैंगिक समानता तथा सामाजिक समावेशीकरणर पर्यटनका क्षेत्रमा बजेट विनियोजन गरिएको छ।

नगर प्रमुख राजेन्द्रबहादुर कुँवरको अध्यक्षतामा भएको नगरसभामा नीति तथा कार्यक्रम र बजेट नगर उपप्रमुख शिवबहादुर कुँवरले प्रस्तुत गरेका थिए। 

प्रतिक्रिया

ट्रेन्डिङ