Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

विद्यालयलाई प्रविधीमैत्री बनाउन चौरपाटी गाउपालिकाका अध्यक्ष साउँदले गरे ईन्टरनेट डिभाईस बितरण

विद्यालयलाई प्रविधीमैत्री बनाउन चौरपाटी गाउपालिकाका अध्यक्ष साउँदले गरे ईन्टरनेट डिभाईस बितरण

अछाम जिल्लाको चौरपाटी गाउँपालिकाले विद्यालयलाई प्रविधीमैत्री बनाउने भएको छ ।  सबै विद्यालयमा इन्टरनेट सेवा संचालन गर्नका लागि आवश्यक फोर जि,फाईभ जि(4G,5G )मा आधारित तार रहित ईन्टरनेट सेवा नेपाल दुर सन्चार प्राधिकरणको आर्थिक सहयोग ,नेपाल टेलिकमको नेटवर्कको प्रयोग र शाग्रिला ईन्फरमेटिक्स प्रा.लिको प्राबिधिक सहयोगमा चौरपाटि गाउपालिका भरिका १ देखि ३, १ देखि ५ र १ देखि ८ सम्मकाम ३६ ओटा आधारभुत बिधालयमा २ एम्बि पिएसको ब्यसायिक (corporate pack ) सहित आउटडोर डिभाईस र ईन्डोर डिभाईस शुक्रबार एक कार्यक्रमका बिच बितरण गरिएको छ ।

 

पालिका भित्र फोन गर्दा पनि मोबाईल टावर नै नदिने ठाउमा सो डिभाईस परिक्षण गर्दा एकदमै राम्रो काम गरेकोले डिभाईस प्रदायक र नेपाल दुर सन्चार प्राधिकरण संग बिशेश पहलगरि सो सेवाउपल्ध गराउनु भएकोमा पालिका अध्यक्षको सम्पुर्ण ३६ ओटै आधारभुत बिधालयका प्र.अहरुले प्रसंशा समेत गरेकाथिए ।

कार्यक्रममा प्रमुख अतिथिको आशन बाट बोल्दै चौरपाटि गाउपालिकाका अध्यक्ष भिम बहादुर साउदले बिधालयलाई सुचना प्रबिधि मैत्री बनाउदै लैजाने निति गाउपालिकाले अगाल्ने बताउनुभयो ।बिधालयको सिकाइ उपलब्धी बृद्धि गर्न सुचना प्रविधि विस्तार कोषे ढुंगा सावित गराउदै जाने प्रतिवद्धता गर्नुका साथै अहिले बितरण गरेको डिभाइसले दुर्गम क्षेत्रका बिधालयमा इन्टरनेटको पहुच बिश्वास ब्यक्त गर्दे यो सुविधाको समुचित प्रयोग गर्न विधालयका प्रधानाध्यापकलाई आग्रह गर्नु भयो ।

कार्यक्रममा गाउपालिका उपाअध्यक्ष सर देबि खड्का बिशिष्ट अतिथी रहनु भएको थियो ।

चौरपाटि गाउपालिकाका प्रमुख प्रशासकियअधिकृत धन बहादुर थापाले अब नेपाल सरकारको पेपरलेस र महामारि आउदाअनलाईन शिक्षा समेत आधारभुतमापुगेको प्रति सबैलाई खुसि हुन र यसको उपयोग भरपुर गर्न सम्पुर्ण प्रध्यापकलाई र्निर्देशन दिनुभयो ।

शिक्षा शाखा प्रमुख रामचन्द्र जोशिले अब सम्पुर्ण आधारभुत बिधालयका सानासाना कामका लागि पालिका दौडिराख्नु नपर्ने भन्दै सोझै माग फारम हाजिरि पत्र लगायतका कागजात ईमेल बाट नै पठाउन र आफ्नो दुईचार घण्टा हिडेर आउने समयाअवधि बिधार्थिलाई दिन र प्र.अ बैठेक बाहेक अन्य दिन कहिल्यै पनि पालिका नआउनुपर्ने भन्दै हामिले बिहिबार सम्पन्न चौरपाटि गाउपालिको निति तथा कार्यक्रममा राखेको कुरा एक दिन नबित्दै यो सुवर्ण अवसर सम्पुर्ण स्कुललाई दिन पाएकोमा यसमा पहलगरि यहा सम्म पुर्याउन योगदान गर्नु भएकोमा नवनिर्वाचित अध्यक्ष भिम बहादुर साउदलाई हार्दिक कृतज्ञता समेत ब्याक्त गर्नुभयो ।

सोहि कार्यक्रमा सुचना तथा प्रबिधि अधिकृत मुकेश कुवरले सो डिभाईस परिक्षण गर्दे यो सबै भन्दा राम्रो भएको र हाम्रा पालिकाका सबै सामुदायिक संरचनामा ईन्टरनेटको पहुच पुगेको छ ,अब हामि संचार क्षेत्रलाई प्रयोग गरि धेरै फाईदा लिनुपर्ने र मलाई र सम्पुर्ण संस्थाहरुलाई सहजभएको र भोलिका दिनमा कोरोना महामारी जस्ता रोग आउदा चौरपाटिका बिधार्थिहरु शिक्षा बाट बान्चित नहुने भन्ने धारणा राख्नुभयो ।

प्राबिधिक सहयोगको रुपमा पाल्नु भएका कृष्ण प्रसाद न्यौपानेले हामिलाई यो सेवा प्रदान गर्न मौका दिनुभएकोमा सम्पर्ण शाग्रिला इन्फरमेटिक्स प्रा.लीको परिवार र ब्याक्तिगत तर्फबाट गाउपालिकालाई धन्यबाद ज्ञापन गर्नुभयो र आगामि दिनमा आफु र आफ्नो संस्थाबाट गर्न सक्ने थप सहयोगका लागि सदै तत्पर रहने प्रतिबद्धता जाहेर गर्नुभयो ।कार्यक्रमा पालिका भरिका ३६ ओटा आधारभुत बिधालयका प्र.अहरुको उपस्थिती रहेको थियो। शिक्षा शाखा प्रमुख राम चन्द्र जोशिको अध्यक्षता भएको कार्यक्रमको सन्चालन केशब बिकले गर्नुभएको थियो ।

प्रतिक्रिया