Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

प्रेस युनियन अछाम शाखाले गर्‍यो मेनुका ढुंगानालाई युनियनको केन्द्रीय सचिवको उम्मेदवार बनाउने निर्णय

प्रेस युनियन अछाम शाखाले गर्‍यो मेनुका ढुंगानालाई युनियनको केन्द्रीय सचिवको उम्मेदवार बनाउने निर्णय

नेपाल प्रेस युनियन अछाम शाखाको सोमबार सम्पन्न बैठकले युनियनका केन्द्रय सदस्य एवम कान्तिपुर दैनिकका उपसम्पादक मेनुका ढुंगानालाई केन्द्रीय सचिव पदमा उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आगामी साउन ६ र ७ गते बाग्मती प्रदेशको राजधानी हेटौंडामा हुन लागेको नवौं महाधिवेशनका लागि अछाम शाखाले ढुंगानालाई सचिव पदको उम्मेदवारको लागि अघि सारेको युनियन अछामका सभापति टंक रिमालले बताए

अछाम जस्तो दुर्गम क्षेत्रमा लामो समयदेखि कान्तिपुर दैनिकमा क्रियाशिल पत्रकारिता गर्दै आएकी ढुंगाना नै केन्द्रीय सचिव पदको लागि उपयुक्त उम्मेदवार भएको प्रेस युनियन अछामका सचिव शुसील भण्डारीले बताए ।

कलिलै अवस्थामा पत्रकारितालाई पेशा बनाइ अछाम जस्तो विकट क्षेत्रबाट पत्रकार ढुंगानाले लेखेका समाचारका विषयवस्तु राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमै बहसको विषय बनेका छन् । दुर दराज र गाउँवस्तीका समस्या , पिडा र अभावलाई राज्य संचालक सम्म पुर्याउन उनले लेखेका समाचारले महत्पूर्ण स्थान पाएका छन् ।

महिला पत्रकारलाई दुर्गममा बसेर काम गर्न थुप्रै चुनौती भएपनि पत्रकार ढुंगानाले शुसाशन तथा दण्डहिनताको विरुद्धमा निरन्तर सवाल उठाउदै आएकी छन् । सुदूरपश्चिमको छाउपडी कुप्रथा , महिलाका सवाल , मदिराका विरुद्धका सवाल , शिक्षा , स्वास्थ्य र विकासका सवाल निरन्तर समाचारको रुपमा उठाउ“दै आएकी छन् ।

स्वतन्त्र न्यायपालिकाको सवालमा समेत ढुंगानाले कलम चलाउ“दै आएकी छन् । पुर्वाञ्चल विश्व विद्यालयमा आमसंचार तथा पत्रकारितामा स्नाकोत्तर तहको अध्ययन गरिहेकी ढुंगानालाई नेपाल प्रेस युनियनको हेटौंडा महाधिवेशनमा सचिव पदमा विजयी गराउन अछाम शाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

ट्रेन्डिङ