Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

घोषणा पत्र घोषणा पत्रमै सिमित नहोस - निवर्तमान सभापती स्वाँर

घोषणा पत्र घोषणा पत्रमै सिमित नहोस - निवर्तमान सभापती स्वाँर

नेपाली कांग्रेस अछाम क्षेत्र नं. १ बाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान कार्यक्रम साँफेबगरमा सम्पन्न भएको छ ।नेपाली कांग्रेस अछाम क्षेत्र नं १ को आयोजनामा भएको बधाई तथा सम्मान कार्यक्रममा नेपाली कांग्रेस अछाम क्षेत्र नं १ बाट निर्वाचित  जनप्रतिनिधिहरुलाई अबिर र खादाले सम्मान गरिएको हो ।

नेपाली कांग्रेस अछाम क्षेत्र नं १ का पार्टी सभापति कृष्ण बहादुर बुढाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै नेपाली कांग्रेस अछामका पुर्व पार्टि सभापति एवंम नेपाली कांग्रेस अछामका महासमिती सदस्य भरत कुमार स्वाँरले निर्वाचित सम्पुर्ण जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिदैं स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई अब पार्टी भन्दा माथि उठेर शासकका रूपमा नभई जनताका सेवक बनेर काम गर्न सुझाव दिनुभएको छ ।

सभापति स्वाँरले अघिल्लो पाँचवर्ष स्थानीय, प्रदेश र संघीय सरकार नेकपाको कब्जामा रहेका कारण कुनै पनि विकाशका काम हुन नपाएको र  अब काम गर्ने पालो नेपाली कांग्रेसको काँधमा आएको र त्यो जनताले दिएको जनमतको कदर गर्दै हरेक निर्वाचित जनप्रतिनिधीले लोकप्रिय काम गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै निवर्तमान पार्टी सभापति भरत कुमार स्वाँरले ‘घोषणा पत्रलाई संकल्पपत्रको रूपमा बुझ्न जरुरी रहेकोले काम गर्दा जवाफदेही, पारदर्शी भएर काम गर्नु पर्ने बताउनु भयो ।

साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवर र चौरपाटि गाउँपालिकाका अध्यक्ष भिम बहादुर साउँद लगायत नेपाली कांग्रेस अछाम क्षेत्र नं १ बाट निर्वाचित  जनप्रतिनिधिहरुलाई सम्मान गरीएको कार्यक्रम पार्टीका क्षेत्रिय सह सचिव गणेश खड्काको स्वागत मन्तब्यबाट सुरु भएको थियो भने कार्यक्रमको संचालन पार्टी सचीव भिम बहादुर कुँवरले गर्नुभएको थियो ।

कार्यक्रममा महासमिति सदस्य राजन कुँवर, जयन्द्र स्वाँर , नेपालि कांग्रेस सुदुर पश्चिम प्रदेश सदस्य अनुराधा स्वाँर, रुपा आउजि महाधिवेशन प्रतिनिधी कृष्ण कुँवर (एन्जिला), अप्सरा कुँवर लगायतको उपस्तिथि रहेको थियो । 
 

प्रतिक्रिया