Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०७ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

घोषणा पत्र घोषणा पत्रमै सिमित नहोस - निवर्तमान सभापती स्वाँर

घोषणा पत्र घोषणा पत्रमै सिमित नहोस - निवर्तमान सभापती स्वाँर

नेपाली कांग्रेस अछाम क्षेत्र नं. १ बाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान कार्यक्रम साँफेबगरमा सम्पन्न भएको छ ।नेपाली कांग्रेस अछाम क्षेत्र नं १ को आयोजनामा भएको बधाई तथा सम्मान कार्यक्रममा नेपाली कांग्रेस अछाम क्षेत्र नं १ बाट निर्वाचित  जनप्रतिनिधिहरुलाई अबिर र खादाले सम्मान गरिएको हो ।

नेपाली कांग्रेस अछाम क्षेत्र नं १ का पार्टी सभापति कृष्ण बहादुर बुढाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै नेपाली कांग्रेस अछामका पुर्व पार्टि सभापति एवंम नेपाली कांग्रेस अछामका महासमिती सदस्य भरत कुमार स्वाँरले निर्वाचित सम्पुर्ण जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिदैं स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई अब पार्टी भन्दा माथि उठेर शासकका रूपमा नभई जनताका सेवक बनेर काम गर्न सुझाव दिनुभएको छ ।

सभापति स्वाँरले अघिल्लो पाँचवर्ष स्थानीय, प्रदेश र संघीय सरकार नेकपाको कब्जामा रहेका कारण कुनै पनि विकाशका काम हुन नपाएको र  अब काम गर्ने पालो नेपाली कांग्रेसको काँधमा आएको र त्यो जनताले दिएको जनमतको कदर गर्दै हरेक निर्वाचित जनप्रतिनिधीले लोकप्रिय काम गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै निवर्तमान पार्टी सभापति भरत कुमार स्वाँरले ‘घोषणा पत्रलाई संकल्पपत्रको रूपमा बुझ्न जरुरी रहेकोले काम गर्दा जवाफदेही, पारदर्शी भएर काम गर्नु पर्ने बताउनु भयो ।

साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवर र चौरपाटि गाउँपालिकाका अध्यक्ष भिम बहादुर साउँद लगायत नेपाली कांग्रेस अछाम क्षेत्र नं १ बाट निर्वाचित  जनप्रतिनिधिहरुलाई सम्मान गरीएको कार्यक्रम पार्टीका क्षेत्रिय सह सचिव गणेश खड्काको स्वागत मन्तब्यबाट सुरु भएको थियो भने कार्यक्रमको संचालन पार्टी सचीव भिम बहादुर कुँवरले गर्नुभएको थियो ।

कार्यक्रममा महासमिति सदस्य राजन कुँवर, जयन्द्र स्वाँर , नेपालि कांग्रेस सुदुर पश्चिम प्रदेश सदस्य अनुराधा स्वाँर, रुपा आउजि महाधिवेशन प्रतिनिधी कृष्ण कुँवर (एन्जिला), अप्सरा कुँवर लगायतको उपस्तिथि रहेको थियो । 
 

प्रतिक्रिया