ताजा अपडेट
बुढीगंगा नगरपालिकाको मतदानस्थलमा १ हजारभन्दा बढी सुरक्षाकर्मी
बाजुराको बुढीगंगा नगरपालिकामा पुनः असार २३ गते हुने स्थानीय तहको मतदानका लागि एक हजार बढी सुरक्षाकर्मी परिचालित भएका छन् । दशवटा मतदानस्थल रहको यस पालिकामा हरेक मतदानस्थलमा करिब १ सयको हाराहारीमा सुरक्षाकर्मी परिचालित गरिएको सुरक्षा निकायले जनाएको छ ।
वैशाख ३० गतेको निर्वाचन स्वच्छ र स्वतन्त्र रुपमा हुन नसकेपछि निर्वाचन आयोगले बुढीगंगाको निर्वाचन स्थगित गरी पुन: निर्वाचन गराउने निर्णय गरेको थियो ।
१० वटा मतदानस्थल र १९ वटा मतदान केन्द्रमा रहेको बुढीगंगामा पुन: मतदान गराउन ९५ जना कर्मचारी खटिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । १० वडा रहेको यस नगरपालिकाको कूल मतदाता संख्या १२ हजार ६ सय ५९ मतदाता रहेको छ ।
दशवटै मतदानस्थलमा मतदान हुने मितिको एक साताअघि नै नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मी परिचालित भइसकेका छन् । मंगलबारदेखि उनीहरूले संयुक्त रुपमा मतदान क्षेत्रका स्थानीय गाउँमा गस्ती समेत सुरु गरेका छन् । ‘कसैले पनि मतदान गर्न पाइएन भन्ने अवस्था आउन दिन्नौं,’ प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले भने‚ ‘पर्याप्त संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचन स्वतन्त्र र निष्पक्ष हुनेछ ।’ हरेक बुथमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट प्रहरी निरीक्षकको कमान्ड रहने व्यवस्था मिलाइएको छ । नेपाली सेना पनि नजिकै रहने भनिएको छ ।
मतदानस्थल रहेको विद्यालयमा एक साताअघिदेखि नै बिदा दिइसकिएको छ भने मंगलबारदेखि तीन दिन नगरपालिकाका सबै विद्यालयहरू बन्द गरिएका छन् ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया