Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०७ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

बयालपाटा अस्पताल लाई बजेटको कुनै पनि अभाव हुन दिईने छैन- नगर प्रमुख राजेन्द्र कुवँर

बयालपाटा अस्पताल लाई बजेटको कुनै पनि अभाव हुन दिईने छैन- नगर प्रमुख राजेन्द्र कुवँर

साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले बयालपाटा अस्पताल लाई बजेटको कुनै पनि अभाव हुन नदिने बताउनु भएको छ । आज बसेको अस्पताल प्रसासन र सरोकार बालाहरु संगको एक कार्यक्रममा बोल्दै नगर प्रमुख कुँवरले बयालपाटा अस्पतालको आर्थीक अवस्था उकास्न आफुहरु हर सम्भव प्रयत्न गर्ने कुरा व्यक्त गर्नु भयो । 

सोही कार्यक्रममा बयालपाटा अस्पतालका लागि अस्पताल सरोकार समिति गठन गरिएको छ । अस्पतालमा देखा परेका आर्थिक समस्या लगायतका अन्य बिषयमा स्थानिय, प्रदेश र केन्द्र सरकारलाई दबाब दिन सरोकार समिती गठन गरिएको हो । 

समितीले केन्द्र, प्रदेश र स्थानिय पालिका संग समेत बयालपाटा असपतालको दिर्घकालिनका लागि बजेटका लागि पहल गर्ने समितीका संयोजक नगर प्रमुख राजेन्द्र बहादुर कुवँरले बताउनु भयो  । पछिल्लो केही बर्ष यता बिदेशी दातृ निकायबाट अस्पतालका लागि बजेट कम हुदैँ गएको अवस्थामा अब स्थानिय र प्रदेश सरकारले नै अस्पतालको दिर्घकालिन संचालनका लागि अपनत्व लिुनपर्ने र त्यसका लागि स्थानिय स्तरबाटै पहल गर्न समिती गठन गरिएको नगर प्रमुख कुवँरले बताउनु भयो  । 

जिल्लाको साँफेबगर नगरपालिका वडा नं. ७ मा रहेको अस्पतालका लागि साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्र कुवँर संयोजक रहने गरी बयालपाटा अस्पताल सरोकार समिती गठन गरिएको हो । समितीमा अछामका १० वटै पालिका प्रमुख, बाजुरा र डोटीको सेवा क्षेत्र भित्रका पालिका प्रमुख, अछाम स्थित राजनितिक दलका प्रमुख प्रतिनिधी, वडा नं. ७ का अध्यक्ष, समाजसेवी, नागरिक र अस्पतालको तर्फबाट समेत सदस्य रहने गरी समिती गठन गरिएको हो । 

समितीले बयालपाटा अस्पताललाई सुदुरपश्चिम प्रदेश सरकार मातहत राख्न प्रदेश सरकारसंग सम्झौता गर्न र बयालापाटा अस्पताल संचालनका लागी अपुग बजेटको माग गर्न पहल गर्ने उद्देश्यले अस्पताल सरोकार समिती गठन गरिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया