Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

बयालपाटा अस्पताल लाई बजेटको कुनै पनि अभाव हुन दिईने छैन- नगर प्रमुख राजेन्द्र कुवँर

बयालपाटा अस्पताल लाई बजेटको कुनै पनि अभाव हुन दिईने छैन- नगर प्रमुख राजेन्द्र कुवँर

साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले बयालपाटा अस्पताल लाई बजेटको कुनै पनि अभाव हुन नदिने बताउनु भएको छ । आज बसेको अस्पताल प्रसासन र सरोकार बालाहरु संगको एक कार्यक्रममा बोल्दै नगर प्रमुख कुँवरले बयालपाटा अस्पतालको आर्थीक अवस्था उकास्न आफुहरु हर सम्भव प्रयत्न गर्ने कुरा व्यक्त गर्नु भयो । 

सोही कार्यक्रममा बयालपाटा अस्पतालका लागि अस्पताल सरोकार समिति गठन गरिएको छ । अस्पतालमा देखा परेका आर्थिक समस्या लगायतका अन्य बिषयमा स्थानिय, प्रदेश र केन्द्र सरकारलाई दबाब दिन सरोकार समिती गठन गरिएको हो । 

समितीले केन्द्र, प्रदेश र स्थानिय पालिका संग समेत बयालपाटा असपतालको दिर्घकालिनका लागि बजेटका लागि पहल गर्ने समितीका संयोजक नगर प्रमुख राजेन्द्र बहादुर कुवँरले बताउनु भयो  । पछिल्लो केही बर्ष यता बिदेशी दातृ निकायबाट अस्पतालका लागि बजेट कम हुदैँ गएको अवस्थामा अब स्थानिय र प्रदेश सरकारले नै अस्पतालको दिर्घकालिन संचालनका लागि अपनत्व लिुनपर्ने र त्यसका लागि स्थानिय स्तरबाटै पहल गर्न समिती गठन गरिएको नगर प्रमुख कुवँरले बताउनु भयो  । 

जिल्लाको साँफेबगर नगरपालिका वडा नं. ७ मा रहेको अस्पतालका लागि साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्र कुवँर संयोजक रहने गरी बयालपाटा अस्पताल सरोकार समिती गठन गरिएको हो । समितीमा अछामका १० वटै पालिका प्रमुख, बाजुरा र डोटीको सेवा क्षेत्र भित्रका पालिका प्रमुख, अछाम स्थित राजनितिक दलका प्रमुख प्रतिनिधी, वडा नं. ७ का अध्यक्ष, समाजसेवी, नागरिक र अस्पतालको तर्फबाट समेत सदस्य रहने गरी समिती गठन गरिएको हो । 

समितीले बयालपाटा अस्पताललाई सुदुरपश्चिम प्रदेश सरकार मातहत राख्न प्रदेश सरकारसंग सम्झौता गर्न र बयालापाटा अस्पताल संचालनका लागी अपुग बजेटको माग गर्न पहल गर्ने उद्देश्यले अस्पताल सरोकार समिती गठन गरिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया