ताजा अपडेट
प्रमाण नपुगेको भन्दै मेयर चलाउनेमाथि मुद्दा नचल्ने सरकारी वकिलको निर्णय
अछाम - सरकारीअछामको पन्चदेवल बिनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेलगायत २ जना माथि मुद्दा नचल्ने निर्णय भएको छ । पन्चदेवल बिनायक नगरपालिका -४ का १५ बर्षिय बिनोद शाहीको हत्या आरोपमा काङ्ग्रेसबाट निर्वाचित मेयर चलाउने लगायत १२ जना काङ्ग्रेस नेता कार्यकर्ताको नाममा किटानी जाहेरी जेठ २६ गते दर्ता भएको थियो ।
प्रहरीले गरेको अनुसन्धानमा मेयर अम्बिका, नेत्रबहादुर शाही र रामबहादुर शाही हत्यामा संगलग्न भएको कुनै पनि प्रमाण नभएको फाइल सरकारी वकिल कार्यालयमा बुझाएको थियो । प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको प्रतिवेदनमा घटना भएको समयमा मेयर चलाउने धनगढी , नेत्र बहादुर शाही काठमाडौ र रामबहादुर शाही मंगलसेनमा भएको र घटनामा संगलग्न नभएको कुनै प्रमाण नभएको प्रतिवेदन पठाएको थियो । मुलुकी अपराध संहिता २०७४ को दफा ३१ अनुसार प्रमाण नपुगेको भन्दै सरकारी वकिल कौशल ढुंगानाले मुद्दा नचल्ने निर्णय गरेका हुन् ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया