Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

लक्ष्मी शर्माको उत्कृष्ट अभिनय सहितको छाउपडीको व्याथा बोकेको म्युजिक भिडियो लिलु सार्वजनिक (भिडियो सहित)

लक्ष्मी शर्माको उत्कृष्ट अभिनय सहितको छाउपडीको व्याथा बोकेको म्युजिक भिडियो लिलु सार्वजनिक (भिडियो सहित)

अछाम सहित सुदूरपश्चिम तथा कर्णाली प्रदेशको कुप्रथाका रुपमा रहेको छाउपडी कुप्रथाको कथा बोकेको म्युजिक भिडियो लिुल सार्वजनिक भएको छ । लक्ष्मी शर्माको लिलु बोलको लोक देउडा गित आईतबार सार्वजनिक भएको हो ।

शर्माको प्रस्तुती रहेको गितमा शर्मा र गौरव गिरीका शब्द तथा पुजा देवकोटा, रेखा जोशी, गौरी भट्ट र रोहित देउवाको स्वर रहेको छ । एलपी शर्माको ब्यानरमा सार्वजनिक भएको गितमा संगित रोहित देउवाको रहेको छ ।

एचबिएन किस्मतले एरेञ्ज गरेको गित वान डिबी स्टुडियोमा बिमल चिनालले रेर्कड गरेका हुन् । गितमा रोशनी कार्की, पुजा देवकोटा, लक्ष्मी प्रसाद शर्मा भद्र जंग कुवँर, मुकेश सुनार ईब्सु सञ्ज्याल, पशुपती कुवँरको अभिनय रहेको छ । म्युजिक भिडियोको निर्देशन गौरब गिरीले गरेका हुन् ।

‘लिुल’ छाउपडी कुप्रथाका बिरुद्धमा सर्मपित ।

पहिलो पटक छाउ भएकी चेली घर जानु हुदैँन देवी देउता रिसाउछन् भन्ने रुडिबादी परम्परालाई गितमा उठान गरिएको छ । छोरी पहिलो पटक छाउ हुदाँ उसका आमाबुवाले उसलाई गोठमा राख्छन्, त्यसो गर्दा छोरीले आमा बुवाका ठुला घरमा चेलीलाई ठाँउ नभएको मार्मिक शब्द दुख पोख्दै गितमा व्यक्त गर्छन् ।

गितकी मुख्य पात्र लिलुलाई पहिलो पटक आफु छाउ भएको सपना पर्छ । दोश्रो दिन उ स्कुल जाँदा आफ्नो साथीलाई सो कुरा सुनाउछ । बाटोमा मन्दिरलाई ढोग्न खोज्दा लिलुका साथिले त्यसो गर्न दिदैँन् । लिलुले आफुलाई गास, कपास दिए पनि बास नदिएको कुरा गितमा व्यक्त गर्छन् ।

एक्लै डर लाग्छ बुवा मलाई रामा साथ दिया भन्दै बेलौँना गितमा पौख्छन् । तर उनकी आमाले बर्ष, महिना त गयो ४ दिन त यत्तिकै जान्छ, तलाई केही हुदैँन भन्दै गितमा सम्झाउन खोज्छन् । चेलीका जातले नाई भन्न सकिन् तर मनको पिडा बुझ्ने देवता नदेखेको लिलुको गुनासो लिलुको छ ।

साउनका अध्यारो रातमा दुख भोगेको, मनमा सोच्याका सपना त्यसै तुहिएको कुरा गितमा लिलुले पोखेकी छन् । त्यसै रातमा उनी आफु बलत्कृत हुन्छन् । आमा बुवाका ठुला घर चेली ठाँउ नभएको र पिडा हेन्र्या दुनिया भएपनि बुझ्दिने कोही भको जस्ता थुप्रै छाउपडीका दुख सम्बन्धी मार्मिक शब्दहरु समाबेश भएका छन् ।

प्रशासन तथा लेखा क्षेत्रमा क्रियाशिल शर्माको साहित्य र खेलकुद योग्दान ।

पेशाले प्रशासन र लेखा क्षेत्रमा क्रियाशिल रहेका लक्ष्मी प्रसाद शर्मा जिल्लाको साँफेबगर नगरपालिका वडा नं. ७ भागेश्वरमा जन्मेका हुन् । आफ्नो पेशमा अनवरत रुपमा क्रियाशिल रहेका शर्मा आफ्नो नियमित पेशाका अलवा साहित्य र खेलकुदमा समेत रुची राख्छन् ।

उनले अछामको खेलकुद क्षेत्रमा योग्दान दिएका छन् भने साहित्यमा समेत उनको योग्दान रहेको छ । अछाम जिल्लामा हुने ठुला ठुला भलिबल र क्रिकेट प्रतियोगितामा शर्माको महत्वपूर्ण योग्दानका साथै साहित्यको बृिद्ध विकासमा समेत योग्दान दिएका छन् ।

उनले बिभिन्न समयमा कथा, कबिता र गजल लेखनका साथै अछामका बिभिन्न कुप्रथा, रुडिबादी परम्परा, विकासमा पछौटेपन लगायतका क्षेत्रमा कलम चलाउदैँ आएका छन् ।

शर्माको आफ्नै प्रयासमा पहिलो पटक अछामको कुप्रथाका रुपमा रहेको छाउपडी प्रथाको कथा बोकेको मार्मिक म्युजिक भिडियो सार्वजनिक भएको हो । शर्माको साहित्यक नाम अमरदीप हो ।

प्रतिक्रिया