Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २९ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

किसानलाई दिने अनुदानमा ४७ लाख भ्रष्टाचार, सात जनाविरुद्ध मुद्दा

किसानलाई दिने अनुदानमा ४७ लाख भ्रष्टाचार, सात जनाविरुद्ध मुद्दा

किसानलाई दिने अनुदानमा अनियमितता गर्ने सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर भएको छ। ४७ लाख ३७ हजार ६ सय २९ रुपैयाँ अनियमितता गरेको अभियोगमा पशुपन्छी बजार प्रबर्द्धन निर्देशनालय कार्यालय, हरिहरभवन, ललितपुरका कार्यक्रम निर्देशक बलराम थापा क्षेत्री, लेखा अधिकृत, वरिष्ठ पशु चिकित्सक, कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष र कन्सलटेन्सीका सञ्चालकसमेत ७ जनाविरुद्ध मुद्धा दायर भएको हो।  पशु हाटबजारका लागि किसानलाई दिइने अनुदानमा अनियमिता गरेको आरोप उनीहरु विरुद्ध लगाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। 

कार्यक्रम निर्देशक क्षेत्री, लेखा अधिकृत बँजगाई र वरिष्ठ पशु चिकित्सक पूजा शर्माले आ.व. २०७३/०७४ मा पशु हाटबजार निर्माण तथा सुधार कार्यकममार्फत् तेह्रथुमको म्याङलुङ नगरपालिका ५ स्थित जिरीखिम्ति, माझगाँउमा आम्फुवा पशुहाटबजार निर्माण कार्यको अस्वाभाविक दोस्रो वा अन्तिम रनिङ बिलको भुक्तानी स्थलगत अनुगमन र नापजाँच बिना आफुहरुलाई फाइदा हुनेकार्य गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। 

उनीहरुले नेपाल सरकारलाई रु.४७ लाख ३७ हजार ६२९ हानी पु¥याउने गलत मनसाय राखी वदनियतपूर्ण तवरले निर्माण सम्पन्न गरेको कार्यभन्दा बढी कार्य गरेको देखाई बढी रकम भुक्तानी गरी भ्रष्टाचार गरेको पुष्टि हुन आएकोले उनीहरुमाथि सोही रकम बराबरको बिगो कायम गरी कैद तथा बिगो बमोजिमको जरिबाना हुन माग गरिएको छ।

पशुहाटबजार निर्माण कार्यमा हुँदै नभएको कामको बढी बिल भरपाई पेश गरी सोही विल भरपाईको आधारमा बढी रकम भुक्तानी लिने किराँत याकथुम चुमलुङ कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष गणेश कुमार लिम्बु, व्यवस्थापक तेजमान कन्दङ्वा  र कोषाध्यक्ष गणेश बहादुर सोदेम्बालाई पनि अख्तियारले विपक्षी बनाएको छ।

अनियमिततामा लाइफ टाइम इन्जिनियरिङ सोलुसन प्रा.लि काठमाडौंका सञ्चालक रोशन भट्टराईले पनि वास्तविक भए गरेको कामभन्दा बढी काम गरेको कार्य सम्पन्न मूल्याङ्कन प्रतिवेदन बनाई तथा नगरेको कुरा भए गरेको भनी गलत प्रतिवेदन दिई भ्रष्टाचार गरेकाले विपक्षी बनाएको अख्तियारले जनाएको छ। 

प्रतिक्रिया