ताजा अपडेट
बयालपाटा अस्पताललाई दिर्घकालिन संचालनको एजेण्डा सहित प्रदेश देखी केन्द्र सम्म धाउँदै नगर प्रमुख कुँवर
बयालपाटा अस्पतालको आर्थिक अभाव दिर्घकालिन रुपमा समाधान गर्न साँफेबगर नगरपालिकाका नगर प्रमुख सहित अछामका अगुवा नेताहरुको टोलिले प्रधानमन्त्रि शेर बहादुर देउवा संग छलफल गरेको छ । बयालपाटा अस्पतालको सरोकार समितीका संयोजक समेत रहेका नगर प्रमुख कुँवरले अनुदानले अस्पताललाई सदैव धान्न नसकिन भन्दै अस्पताल दिर्घकालिन संचालनको निमित्त प्रदेश र केन्द्रलाई दबाब दिन लागिपरेका छन् । सुदुरपश्चिमका पहाडि जिल्ला र कर्णालिका जिल्लाहरुका बिरामिलाई बषौंदेखि निःशुल्क उपचार दिदैं आईरहेको बयालपाटा अस्पतालमा विदेशि दाताहरुले अनुदान घटाउन थालेपछि आर्थिक समस्या आउन थालेको हो ।
शनिबार प्रधानमन्त्रि निवास बालुवाटारमा गएर साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवर, नेपाली कांग्रेसका निर्वतमान पार्टी सभापति भरत कुमार स्वाँर, नेपाली कांग्रेस सुदुरपश्चिम प्रदेशका महामन्त्रि मेघराज खड्का, जिल्ला समन्वय समिती अछामका निर्वतमान समन्वय प्रमुख नर बहादुर कुँवर, पत्रकार महासंघ अछामका उपाध्यक्ष गिता कुँवर, नेपाली कांग्रेस धनगढिका प्रचार प्रसार संयोजक मनिष कुँवरले प्रधानमन्त्रि शेर बहादुर देउवालाई बयालपाटा अस्पताललाई दिर्घकालिन संचालनका लागि ध्यानाकर्षण गराएको ने.बि. संघ केन्द्रिय सामाजिक संजाल प्रचार प्रसार उपसमिति सदस्य आकाश जंग कुँवरले जानकारी दिए ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव
-
श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
प्रतिक्रिया