ताजा अपडेट
अछामको साँफेबगरमा लायन्स क्लब गठन, अध्यक्षमा भरत खड्का
अछामको साँफेबगरमा लायन्स क्लब अफ अछाम, साँफेबगर गठन भएको छ । जसको अध्यक्ष भरत बहादुर खड्का, उपाध्यक्ष कृष्ण कुँवर, दिनेश कुँवर, तेज बहादुर कुँवर ,सचिव पृथ्वी कुँवर, कोषाध्यक्ष धिरज बोगटी र सह कोषध्यक्ष मुकेश मिजार, सदस्य संयोजक हिक्मत कुँवर, सचेतक हेमराज कुँवर, जनसम्पर्क अधिकारी धिरज कुँवर र सदस्य निर्देशक गंगा कुँवर लगायत २९ सदस्य कमिटी गठन गरिएको उपाध्यक्ष दिनेश कुँवरले जानकारी दिए ।
आगामी दिनमा यस क्लवले दिगो बनेर गरिने समाजसेवाको बारेमा विशेष छलफल भएको अध्यक्ष खड्काले बताए । समाजमा दिनप्रतिदिन बढ्दै गएको विकृति र विसंगतिलाई रोक्नुका साथै सामाजिक उत्तरदायित्व बहन गरि अग्रणी भुमिका खेल्ने प्रतिबद्ध हुने उनले जनाए । समुदायको स्थानीयस्तरमा युवाहरुलाई लक्षित गरि कार्यक्रम ल्याउन पहल गर्ने समेत अध्यक्ष खड्काले बताए ।
बुधबार साँफेबगरमा अवस्थित होटेल समर्पणमा भएको कार्यक्रमको अध्यक्षता लायन्स क्लब अछाम, साँफेबगरका अध्यक्ष लायन भरत खड्काले गरेका थिए भने कार्यक्रमको संचालन क्लबका सचिव लायन पृथ्वी कुँवरले गरेका थिए ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया