ताजा अपडेट
अछामको साँफेबगरमा लायन्स क्लब गठन, अध्यक्षमा भरत खड्का
अछामको साँफेबगरमा लायन्स क्लब अफ अछाम, साँफेबगर गठन भएको छ । जसको अध्यक्ष भरत बहादुर खड्का, उपाध्यक्ष कृष्ण कुँवर, दिनेश कुँवर, तेज बहादुर कुँवर ,सचिव पृथ्वी कुँवर, कोषाध्यक्ष धिरज बोगटी र सह कोषध्यक्ष मुकेश मिजार, सदस्य संयोजक हिक्मत कुँवर, सचेतक हेमराज कुँवर, जनसम्पर्क अधिकारी धिरज कुँवर र सदस्य निर्देशक गंगा कुँवर लगायत २९ सदस्य कमिटी गठन गरिएको उपाध्यक्ष दिनेश कुँवरले जानकारी दिए ।
आगामी दिनमा यस क्लवले दिगो बनेर गरिने समाजसेवाको बारेमा विशेष छलफल भएको अध्यक्ष खड्काले बताए । समाजमा दिनप्रतिदिन बढ्दै गएको विकृति र विसंगतिलाई रोक्नुका साथै सामाजिक उत्तरदायित्व बहन गरि अग्रणी भुमिका खेल्ने प्रतिबद्ध हुने उनले जनाए । समुदायको स्थानीयस्तरमा युवाहरुलाई लक्षित गरि कार्यक्रम ल्याउन पहल गर्ने समेत अध्यक्ष खड्काले बताए ।
बुधबार साँफेबगरमा अवस्थित होटेल समर्पणमा भएको कार्यक्रमको अध्यक्षता लायन्स क्लब अछाम, साँफेबगरका अध्यक्ष लायन भरत खड्काले गरेका थिए भने कार्यक्रमको संचालन क्लबका सचिव लायन पृथ्वी कुँवरले गरेका थिए ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया