Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २२ साउन २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित

प्रदीप गिरि : एक सर्वप्रीय नेता

प्रदीप गिरि : एक सर्वप्रीय नेता

नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ। सांसद समेत रहेका नेता गिरीको ७५ वर्षको उमेरमा शनिबार बेलुका निधन भएको हो । लामो  समयदेखि विरामी रहेका गिरीको ललितपुर स्थित मेडिसिटी अस्पतालमा उपचार भैरहेको थियो ।

गिरिको निधनमा राजनितिज्ञ, समाजसेवी, नागरिक समाजका अगुवा, विश्लेषक, पत्रकार, कलाकार लगायत विविध क्षेत्रका व्यक्तीले दुख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन् । सबैले उनलाई सबैले एक इमान्दार, सादगी, प्रष्ट वक्ता लगायतको रुपमा श्रद्दा गरेका छन् ।  यसैले पनि पुष्टि हुन्छ कि गिरि सर्वप्रीय नेता हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले लेख्नुभएको छ, “समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदिप गिरिको निधनको खबरले अत्यन्त दुखी बनाएको छ। उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं। म दिवंगत प्रदिप गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै, शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु।”

प्रधानमन्त्री शेरबहादुर देउवा लेख्नुहुन्छ, “नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका बैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खवरले निकै स्तव्ध भएको छु । उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ । उहाँको आत्माको चिर शान्तिको कामना गर्दै यस दुखद घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।”

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लेखेका छन् , “नेपाली राजनीतिका वौद्धिक व्यक्तित्व वरिष्ठ समाजवादी चिन्तक एवं नेपाली काँग्रेसका नेता प्रदीप गिरीको निधनले स्तब्ध बनाएको छ । गिरीको निधनबाट समकालिन नेपाली राजनीतिमा एक गहिरो अभावको अनुभूति गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । शोक सन्तप्त परिवारजन प्रति समवेदना प्रकट गर्दछु ।”

नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराई लेख्नुहुन्छ, “४५ बर्षदेखिका अनन्य मित्र तथा प्रखर समाजवादी चिन्तक प्रदीप गिरीको निधनले स्तब्ध छु! वहाॅसंगको लामो र गहन विमर्शका सुखद स्मृतिहरू सधैं जीवित रहनेछन्! वैचारिक खडेरीबाट गुज्रिरहेको नेपाली राजनीतिमा वहाॅको अभाव झन् खट्किरहनेछ! वहाॅप्रति हार्दिक श्रद्धान्जली तथा परिवारजनमा गहीरो समवेदना!”

गिरिको निधनपछि कांग्रेसका नेता रामचन्द्र पौडेलले फेसबुकमा लेखेका छन् , “समाजवादी चिन्तक , मेरा प्रीय मित्र , नेपाली कांग्रेसका नेता प्रदीप गिरीजीको असामयिक देहावसानको खबरले अत्यन्त मर्माहत छु । प्रदीपजीको दर्शन, विचार सदैव अमर रहनेछन् । दु:खद यस क्षणमा प्रदीपजीको आत्माको चीर शान्तिको कामना साथै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्दछु ।”

कांग्रेसका उपसभापति धनराज गुरुङ्ले ट्विटरमा लेखेका छन्, ” हार्दिक श्रद्धाञ्जली! नेपाली राजनीतिका बौद्धिक व्यक्तित्व आदरणीय नेता प्रदिप गिरीको दुखद् निधनले स्तब्ध तुल्याएको छ। श्रदेय नेता प्रदिप गिरी प्रति हार्दिक श्रद्धाञ्जली१ शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु।”

विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले लेखेका छन्,” हार्दिक श्रद्धाञ्जली ! मूल्यमान्यताको राजनीति नै गर्ने हो भनेर हाम्रो पुस्तालाई पनि सिकाएर जानुभयो।यहाँको ज्ञान र कार्यशैलीले सधैँ प्रेरित गरिरहने छ। अलबिदा प्रदीप गिरी सर !”

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले लेखेका छन्, ” अलविदा प्रदीप गिरी दाइ ! तपाईँको अभाव सधै खट्किरहने छ !”

नेकपा एमालेका नेता राजन भट्टराईले लेख्छन्, ” आफ्नो समयका थोरै मध्येका चिन्तलशिल, अध्ययनशिल तथा विश्लेषण क्षमताका धनी प्रदिप गिरी ज्युको निधन प्रति भावपूर्ण श्रद्धांजली तथा शोकसन्तप्त परिवारमा हार्दिक समवेदना !”

पूर्वाधार विज्ञ तथा विश्लेषक सूर्यराज आचार्य लेखन्छन, ” अध्ययनशील चिन्तक प्रदीप गिरी आदर्शरनिष्ठाको राजनीतिबाट कहिल्यै विचलित भएनन्। सिंहदरबारको कुर्चिमा कहिल्यै बसेनन् तर जनताको मनबाट कहिल्यै हटेनन्। राष्ट्रिय राजनीतिलाई मार्गनिर्देश गर्नसक्ने एक उच्चकोटीका बौद्धिक नेता देशले गुमाएको छ। उहाँको बैकुण्ठ बास होस्१ हार्दिक श्रद्धाञ्जली!”

कांग्रेस नेता तथा उद्योगी विनोद चौधरीले लेखेका छन्, “मेरा सहृदयी मित्र नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनको खबरले स्तब्ध भएको छु । प्रदीपजीको निधनसंगै मुलुकले एक इमान र निष्ठाको राजनीतिका शिखर पुरुष गुमाएको छ । स्वर्गीय प्रदीपजीप्रती भावपूर्ण श्रद्धाञ्जली १ साथै, गिरि परिवारजनलगायत शोकमा परेका सम्पूर्णमा हार्दिक समवेदना !”

पत्रकार तथा नागरिक आन्दोलनका अगुवा नारायण वाग्ले लेख्छन, ” प्रदीप गिरि सँधै तरूण रहे। लेखपढ(बातचितमा सँधै तल्लिन, देश देशावरबारे सधैं सुसूचित, परिवर्तनकारी आँफैं परिवर्तन भए भन्नेमा सँधै प्रस्ट। सँधै सीधा भन्न सक्ने समाजवादी, गान्धीबादी। त्यो ताजगीपूर्ण साधक स्वरको सँधै अभाव हुने भयो।”

गायक प्रमोद खरेलले लेखेका छन, ” जो कहिल्यै न राजनिती मा बिझायो , न व्यक्तित्व ले बिझायो बरु छोडेर जॉदा धेरैलाइ ऑसुले रुझायो  । वैकुण्ठ मा वास होस प्रदीप गिरी दाइ”

प्रतिक्रिया