Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, १५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

पत्रकार र राजनीतिज्ञ गरी सुदूरपश्चिमका १५ जनाले गरे मृत्यु पश्चात् अङ्ग दान गर्ने घोषणा

पत्रकार र राजनीतिज्ञ गरी सुदूरपश्चिमका १५ जनाले गरे मृत्यु पश्चात् अङ्ग दान गर्ने घोषणा

सुदूरपश्चिम प्रदेशका १५ जना पत्रकार र राजनीतिज्ञ लगायतका व्यक्तिहरूले मृत्यु पश्चात् अङ्ग दान गर्ने घोषणा गरेका छन् । आइतबार धनगढीमा आयोजित मस्तिष्क मृत्यु (ब्रेन डेथ) बाट हुने अङ्ग दान र प्रत्यारोपण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सो सङ्ख्यमा स्वइच्छा ले घोषणा गरेका हुन् ।

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तरगतको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको आयोजना र सुदूरपश्चिम प्रदेशको सामाजिक विकाश मन्त्रालयको सहकार्यमा आयोजित उक्त कार्यक्रममा राजनीतिज्ञहरूमा सुदूरपश्चिम प्रदेश सरकारकी पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री एवम् सांसद पूर्णा जोशी र सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री गोविन्दराज बोहराले मृत्यु पश्चात् अङ्ग दान गर्ने घोषणा गरेका हुन् । 

यस्तै, सो घोषणा गर्ने पत्रकारहरूमा धनगढी खबर कर्मी समीर प्र. भट्ट, हिमालय जोशी, शेर ब. ऐर, विष्णु भट्ट, कृत विष्ट र करन ताम्रकार तथा अन्य सात जना व्यक्तित्वहरू रहेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले जनाएका छ । 

उल्लेखित व्यक्तिहरूले नेपालको संविधान अनुसूची (१९ को (नियम १८ को खण्ड (ख) सँग सम्बन्धित) मृत्यु पश्चात् अङ्ग दान दिन मन्जुरी नामा पत्रमा हस्ताक्षर गरेका हुन् । 

जस अन्तरगत उनीहरूले मृत्यु पश्चात् शरीरबाट मिर्गौला, मुटु, फोक्सो, कलेजो, प्याङ्क्रियाज, सानो आन्द्रा अङ्ग झिकी मिर्गौला, मुटु, फोक्सो, कलेजो, प्याङ्क्रियाज र  सानो आन्द्रा आवश्यक भएको जुनसुकै बिरामी व्यक्तिको शरीरमा प्रत्यारोपण गर्न आफ्नो मन्जुरी भएकोले मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ को दफा १६ को उपदफा (१) को खण्ड (ख) बमोजिम जानी बुझी स्वेच्छाले यो मन्जुरीनामा लेखी दिएको भनी उल्लेख गरेका छन् । 

मस्तिष्क मृत्यु पश्चात् अङ्ग दान र प्रत्यारोपण गर्न स्वइच्छा ले घोषणा गरेका व्यक्तिहरू आफ्नो जीवनको सबैभन्दा महान् र अन्तिम दानका लागी आजै नेपाल सरकारले व्यवस्था गरेको कानुनको पालना गर्दै सरकार समक्ष मृत्यु पश्चात् अङ्ग दानका लागी घोषणा गरेको र उक्त दानले कुनै अङ्ग मात्रै बिग्रिएर ज्यान गुमाउन नपरोष भन्दै खुसी राजीका साथ सो कार्य आफूहरूले गरेको र अन्य व्यक्तिहरूलाई मृत्यु पश्चात् खेर जाने अङ्ग दान गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया