Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

पत्रकार र राजनीतिज्ञ गरी सुदूरपश्चिमका १५ जनाले गरे मृत्यु पश्चात् अङ्ग दान गर्ने घोषणा

पत्रकार र राजनीतिज्ञ गरी सुदूरपश्चिमका १५ जनाले गरे मृत्यु पश्चात् अङ्ग दान गर्ने घोषणा

सुदूरपश्चिम प्रदेशका १५ जना पत्रकार र राजनीतिज्ञ लगायतका व्यक्तिहरूले मृत्यु पश्चात् अङ्ग दान गर्ने घोषणा गरेका छन् । आइतबार धनगढीमा आयोजित मस्तिष्क मृत्यु (ब्रेन डेथ) बाट हुने अङ्ग दान र प्रत्यारोपण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सो सङ्ख्यमा स्वइच्छा ले घोषणा गरेका हुन् ।

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तरगतको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको आयोजना र सुदूरपश्चिम प्रदेशको सामाजिक विकाश मन्त्रालयको सहकार्यमा आयोजित उक्त कार्यक्रममा राजनीतिज्ञहरूमा सुदूरपश्चिम प्रदेश सरकारकी पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री एवम् सांसद पूर्णा जोशी र सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री गोविन्दराज बोहराले मृत्यु पश्चात् अङ्ग दान गर्ने घोषणा गरेका हुन् । 

यस्तै, सो घोषणा गर्ने पत्रकारहरूमा धनगढी खबर कर्मी समीर प्र. भट्ट, हिमालय जोशी, शेर ब. ऐर, विष्णु भट्ट, कृत विष्ट र करन ताम्रकार तथा अन्य सात जना व्यक्तित्वहरू रहेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले जनाएका छ । 

उल्लेखित व्यक्तिहरूले नेपालको संविधान अनुसूची (१९ को (नियम १८ को खण्ड (ख) सँग सम्बन्धित) मृत्यु पश्चात् अङ्ग दान दिन मन्जुरी नामा पत्रमा हस्ताक्षर गरेका हुन् । 

जस अन्तरगत उनीहरूले मृत्यु पश्चात् शरीरबाट मिर्गौला, मुटु, फोक्सो, कलेजो, प्याङ्क्रियाज, सानो आन्द्रा अङ्ग झिकी मिर्गौला, मुटु, फोक्सो, कलेजो, प्याङ्क्रियाज र  सानो आन्द्रा आवश्यक भएको जुनसुकै बिरामी व्यक्तिको शरीरमा प्रत्यारोपण गर्न आफ्नो मन्जुरी भएकोले मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ को दफा १६ को उपदफा (१) को खण्ड (ख) बमोजिम जानी बुझी स्वेच्छाले यो मन्जुरीनामा लेखी दिएको भनी उल्लेख गरेका छन् । 

मस्तिष्क मृत्यु पश्चात् अङ्ग दान र प्रत्यारोपण गर्न स्वइच्छा ले घोषणा गरेका व्यक्तिहरू आफ्नो जीवनको सबैभन्दा महान् र अन्तिम दानका लागी आजै नेपाल सरकारले व्यवस्था गरेको कानुनको पालना गर्दै सरकार समक्ष मृत्यु पश्चात् अङ्ग दानका लागी घोषणा गरेको र उक्त दानले कुनै अङ्ग मात्रै बिग्रिएर ज्यान गुमाउन नपरोष भन्दै खुसी राजीका साथ सो कार्य आफूहरूले गरेको र अन्य व्यक्तिहरूलाई मृत्यु पश्चात् खेर जाने अङ्ग दान गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया