Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

पुर्नबहाली भएका बयालपाटा अस्पतालका कर्मचारीद्धारा धन्यवाद ज्ञापन

पुर्नबहाली भएका बयालपाटा अस्पतालका कर्मचारीद्धारा धन्यवाद ज्ञापन

साउन १८ ,अछाम
करार सेवा थप गर्न नसकिने भन्दै बयालपाटा अस्पतालबाट हटाइएका कर्मचारीले पुर्नबहाली भएपछि सहयोग गर्ने सरोकारवालालाई धन्यवाद ज्ञापन गरेका छन् ।
अस्पतालमा नै काममा फर्केपछि पुर्नबहाली भएका कर्मचारीले सहयोग गर्ने निकायलाई धन्यवाद दिएका हुन् । न्याय हेल्थ नेपालद्धारा संचालित बयालपाटा अस्पतालले केहि समय अघि आर्थिक  आर्थिक संकट भएको भन्दै ३३ जना कर्मचारी कटौती गर्ने निर्णय अस्पताल प्रशासनले गरेको थियो । महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्व नै आक्रान्त भएको बेला स्वास्थ्यकर्मी हटाउन उचित नभएको भन्दै अछामस्थित सरोकारवालाले पटकपटक बैठक , समन्वय तथा छलफल गरेका थिए ।
बयालपाटा अस्पतालको आर्थिक समस्या समाधान गरि कर्मचारी पुनरबहाली  गर्नु पर्ने चुनौतीपूर्ण कार्यलाई महत्वपुर्ण भूमिका खेल्नु भएका अछाम समन्वय समिति प्रमुख नर बहादुर कँुवर, साँफेवगर नगरपालिकाका मेयर कुलबहादुर कँवर, नेपाली कांगे्रसका सभापति भरतकुमार स्वाँर, महासमिति सदस्य राजन कुँवर, नेकपाका नेता प्रकाश शाह, सिलोज कुँवर  ७ नम्बर वडाका वडाध्यक्ष मिट्ठुसिँह भाट, ६ नम्बरका वडाका वडाध्यक्ष प्रेमप्रसाद शर्मा लगायतलाई धन्यवाद दिएका हुन् ।
‘विशेषत पुर्नबहाली भएका र संस्थाको भलो चिताउने कर्मचारीको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौं । संस्थाले दिएको जिम्मेवारी पहिले झैं निरन्तर रुपमा निभाउने र आगामि दिनमा समेत संस्था र संस्थाका कर्मचारी प्रति निरन्तर सहयोगको अपेक्षा राख्दछु ।’ पुर्नबहाली हुनुभएका प्रोक्युमन्ट एण्ड लजिस्टिक अफिसर दिनेशकुमार स्वारले भन्नुभयो ।
सबै कर्मचारीलाई पुनःकाममा फर्काउन अस्पताल प्रशासनसँग विभिन्न चरणमा पटक पटक बैठक, छलफल र अन्तरक्रिया भएको थियो । यसरी गरिएका थुप्रै प्रयासबाट प्रदेश सरकारले ७ करोड, साँफेवगर नगरपालिकाले ७० लाख विनियोजन गरेको छ । न्य स्थानीय तहवाट गरि करिब ८ करोड बढि सहयोग गर्ने प्रतिबद्धता सरोकारवालाले जनाएका छन् । 
‘सामान्य आर्थिक अवस्था र सम्पूर्ण परिवारको जिम्मेवारी निभाइ रहेका अस्पतालका सरसफाई कर्मचारी शिद्धार्थ आउजीले रोजगारी गुमेको पिडाले आफ्नो ज्यान गुमाएका छन् । सोकाकुल परिवार प्रति अस्पतालका सम्पूर्ण कर्मचारीले समवेदना प्रकट गरेका छन् । ’ पुर्नबहाली भएका सिनियर फेसिलिटी कोर्डिनेटर जनक कडायतले बताउनुभयो ।
शिद्धार्थ आउजीको मृत्युपछि अस्पताल प्रशासनले उनको  परिवारलाई क्षतिपूर्ती स्वरुप ५ लाख नगद र परिवारलाई रोजगारीको व्यावस्था गर्ने उल्लेख गरेको छ  । साँफेबगर नगरपालिकाले आउजीको परिवारलाई राहत स्वरुप २ लाख प्रदान गर्ने निर्णय गरेको छ । 
बयालपाटा अस्पतालका समस्यालाई जस्ताको त्यस्तै विभिन्न मिडियावाट यथार्थ परक ढंंगबाट प्रस्तुत गरि जनता र सम्बन्धित निकायको ध्यानाकर्षण गराएकोमा भएकोमा पत्रकारलाई समेत धन्यवाद व्यक्त गरेका छन् ।

प्रतिक्रिया