Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

बयालपाटा अस्पताललाई बार्षिक ९ करोड दिने गरी प्रदेश सरकारले गर्‍यो सम्झौता

बयालपाटा अस्पताललाई बार्षिक ९ करोड दिने गरी प्रदेश सरकारले गर्‍यो सम्झौता

बयालपाटा अस्पतालको आर्थिक अभाव दिर्घकालिन रुपमा समाधान लागिपरेका साँफेबगर नगरपालिकाका नगर प्रमुख सहितको बयालपाटा अस्पताल सरोकार समिति लामो समय पछी प्रदेश सरकार संग ५ बर्षिय सम्झौता गर्न सफल भएको छ ।

शुक्रबार सुदुरपश्चिम प्रदेशको अस्थायि राजधानि धनगढिमा  गएर साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवर  लगाएतका सरोकार बालाहरुले सामाजिक विकाश मन्त्रालयमा आगामि ५ बर्षको लागि प्रदेस सरकारले बयालपाटा अस्पताललाई बार्षिक ९ करोड विनियोजन गर्ने सम्झौता गरेको छ ।  

पटक पटकको  ध्यानाकर्षण, माग र समन्वय पश्चात आज आएर बयालपाटा अस्पतालको आर्थिक  समस्या केहि बर्ष पुर्ण रुपमा समाधान हुने गरि सम्झौता भएको नगर प्रमुख कुँवरले बताउनु भयो । बयालपाटा अस्पतालको सरोकार समितीका संयोजक समेत रहेका नगर प्रमुख कुँवरले अनुदानले अस्पताललाई सदैव धान्न नसकिन भन्दै अस्पताल दिर्घकालिन संचालनको लागि प्रदेश र केन्द्रलाई दबाब दिनका लागि निरन्तर लाग्नु भएको थियो ।

सुदुरपश्चिमका पहाडि जिल्ला र कर्णालिका जिल्लाहरुका बिरामिलाई बषौंदेखि निःशुल्क उपचार दिदैं आईरहेको बयालपाटा अस्पतालमा विदेशि दाताहरुले अनुदान घटाउन थालेपछि आर्थिक समस्या आउन थालेको थियो । 

आफुले कार्यभार सम्हालेकै दिनबाट बयालपाटा अस्पतालको आर्थिक समस्या दिर्घकालिन रुपमा समाधान गर्न लागिपरेका कुँवर  आफ्नो कार्यकालमा स्वास्थ्य भन्दा बढि प्राथामिकतामा केहि नपर्ने बताउनु हुन्छ ।  नागरिक को जिवन नै आफ्नो लागि अपरिहार्य रहेको कुरा नगर प्रमुख कुँवरले बताउनु भयो ।

त्यस्तै विसम परिस्थिति आएको खण्डमा नगरको सम्पुर्ण बजेट लगाएर पनि बयालपाटा अस्पताल लाई जोगाउने प्रतिबद्धता नगर प्रमुख कुँवरले जनाउनु भएको थियो । 

 

 

प्रतिक्रिया