ताजा अपडेट
बयालपाटा अस्पताललाई बार्षिक ९ करोड दिने गरी प्रदेश सरकारले गर्यो सम्झौता
बयालपाटा अस्पतालको आर्थिक अभाव दिर्घकालिन रुपमा समाधान लागिपरेका साँफेबगर नगरपालिकाका नगर प्रमुख सहितको बयालपाटा अस्पताल सरोकार समिति लामो समय पछी प्रदेश सरकार संग ५ बर्षिय सम्झौता गर्न सफल भएको छ ।
शुक्रबार सुदुरपश्चिम प्रदेशको अस्थायि राजधानि धनगढिमा गएर साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवर लगाएतका सरोकार बालाहरुले सामाजिक विकाश मन्त्रालयमा आगामि ५ बर्षको लागि प्रदेस सरकारले बयालपाटा अस्पताललाई बार्षिक ९ करोड विनियोजन गर्ने सम्झौता गरेको छ ।
पटक पटकको ध्यानाकर्षण, माग र समन्वय पश्चात आज आएर बयालपाटा अस्पतालको आर्थिक समस्या केहि बर्ष पुर्ण रुपमा समाधान हुने गरि सम्झौता भएको नगर प्रमुख कुँवरले बताउनु भयो । बयालपाटा अस्पतालको सरोकार समितीका संयोजक समेत रहेका नगर प्रमुख कुँवरले अनुदानले अस्पताललाई सदैव धान्न नसकिन भन्दै अस्पताल दिर्घकालिन संचालनको लागि प्रदेश र केन्द्रलाई दबाब दिनका लागि निरन्तर लाग्नु भएको थियो ।
सुदुरपश्चिमका पहाडि जिल्ला र कर्णालिका जिल्लाहरुका बिरामिलाई बषौंदेखि निःशुल्क उपचार दिदैं आईरहेको बयालपाटा अस्पतालमा विदेशि दाताहरुले अनुदान घटाउन थालेपछि आर्थिक समस्या आउन थालेको थियो ।
आफुले कार्यभार सम्हालेकै दिनबाट बयालपाटा अस्पतालको आर्थिक समस्या दिर्घकालिन रुपमा समाधान गर्न लागिपरेका कुँवर आफ्नो कार्यकालमा स्वास्थ्य भन्दा बढि प्राथामिकतामा केहि नपर्ने बताउनु हुन्छ । नागरिक को जिवन नै आफ्नो लागि अपरिहार्य रहेको कुरा नगर प्रमुख कुँवरले बताउनु भयो ।
त्यस्तै विसम परिस्थिति आएको खण्डमा नगरको सम्पुर्ण बजेट लगाएर पनि बयालपाटा अस्पताल लाई जोगाउने प्रतिबद्धता नगर प्रमुख कुँवरले जनाउनु भएको थियो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया