ताजा अपडेट
अछाममा प्रधानाध्यापक नै एमालेको चुनाव प्रचारमा
आसन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि अछाममा शिक्षकले भाेट माग्दै आएका छन् । यहि मंसिर ४ गते सम्पन्न हुने निर्वाचनको लागि नेकपा एमालेका उम्मेदवारहरुसँग घर दैलाे अभियानमा सहभागी भई शिक्षकले मतदातालाई भाेट माग्दै आएका छन् । अछामकाे साँफेबगर नगरपालिका -१३ बाब्ला स्थित राष्ट्रिय माध्यमिक विधालयका प्रधानाध्यापक तथा नेपाल शिक्षक महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष तिलक कुवँरले मतदातालाई भाेट माग्दै आएका हुन ।
अछाममा निर्वाचन आयाेग नेपालले जारी गरेकाे आचारसंहिताले शिक्षक तथा कर्मचारीलाई कुनै प्रभाव परेकाे छैन । अहिले विधालयका प्रधानाध्यापक आफै दलका उम्मेदवारकाे खुलेर प्रचारप्रसारमा व्यस्त छन् । याे विषयमा जिल्ला निर्वाचन कार्यालय पनि वेखर देखिन्छ । यसरी दलकाे प्रचारप्रसारमा सहभागी भएकाे पाईएमा तेस्ता शिक्षक वा कर्मचारीलाई अहिलेसम्म कार्वाहि हुन सकेको छैन। अझै उम्मेदवारसँग फाेटाे खिचाएर सामाजिक सञ्जलमा समेत मत माग्दैछन ।

सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
प्रतिक्रिया