Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २५ फागुन २०८२
प्रचलनमा:
ताजा अपडेट
श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान

सामाजिक सञ्जाल मार्फत अछाममा समाज भाँड्न खोजेको भन्दै गठबन्धनका उम्मेदवारहरूको आपत्ति

सामाजिक सञ्जाल मार्फत अछाममा समाज भाँड्न खोजेको भन्दै गठबन्धनका उम्मेदवारहरूको आपत्ति

मार्फत अछाममा सत्ता गठबन्धनका उम्मेदवारका विरुद्ध अफवाह फैलाएकोमा गठबन्धनका उम्मेदवारले आपत्ति जनाएका छन् । केही दिनअघि फेसबुकमा चौरपाटी अछाम नामक फेक आइडीबाट सामाजिक सद्भावमा खलबल पु¥याउने र बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु विरुद्ध पोष्ट सार्वजनिक भएको थियो । शुक्रबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै गठबन्धनको जित सुनिश्चित देखेपछि विरोधीहरूले सामाजिक सञ्जालमार्फत् विभिन्न जातीय द्वेष फैलाउने खालका कुप्रचार गरेकोमा गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । 

अछाम क्षेत्र नम्बर–१ प्रतिनिधिसभातर्फका उम्मेदवार नेकपा एकीकृत समाजवादीका नेता शेरबहादुर कुँवर, प्रतिनिधिसभा समानुपातिक तर्फका उम्मेदवार  डम्मरबहादुर सुनार, प्रदेश (क)का उम्मेदवार मेघराज खड्का, प्रदेश (ख)का उम्मेदवार झपट साउँद र प्रदेश सभातर्फका समानुपातिक उम्मेदवार टिकाराम खनालद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्तिमा यस्ता गतिविधि गर्ने जोसुकैलाई कानुनी दायरामा ल्याई हदैसम्मको कारबाही गर्न निर्वाचन आयोग र सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अछाम क्षेत्र नम्बर–१ प्रतिनिधि सभातर्फका उम्मेदवार शेरबहादुर कुँवरले गठबन्धनका उम्मेदवारहरूको नतिजालाई प्रभावित गर्ने मनसाय राखी विभिन्न जातजाति बीच ध्रुवीकरण गर्नका लागि जालझेल र षड्यन्त्रपूर्वक गरेको दुष्प्रयासप्रति गम्भीर ध्यानाकर्षण भएको बताए ।
  
प्रदेश (क)का उम्मेदवार मेघराज खड्काले केहि अराजक तत्वले गठबन्धनको जित सुनिश्चित देखेपछि नतिजालाई प्रभावित गर्ने विभिन्न जातजाती विच ध्रुविकरण गर्ने खोजिएकोप्रति आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नरहेको बताए । उनले निर्वाचनमा गठबन्धनलाई असफल बनाउने षडयन्त्र मात्रै भएको बताउँदै सम्पूर्णलाई सचेत रहन समेत आग्रह गरेका छन् । महामन्त्रि खड्काले सामाजिक सद्भाव कायम गरी मिलेर बनेको समाजलाई भड्काएर फाईदा लिने तत्व विरुद्ध कानुनी उपचारको लागि निर्वाचन आयोगमा जाने बताए ।

नेपाली कांग्रेसका निवर्तमान सभापति भरत कुमार स्वाँरले निहित स्वार्थ राखेर गरिएको कुप्रचारका पक्षमा सचेत मतदाता नरहेको धारणा व्यक्त गरेका थिए । यस्तै नेपाली कांग्रेसका क्षेत्रीय सभापति कृष्ण वुढाले क्षेत्र न १ का जनतालाई भ्रममा पार्ने अतिरन्जित कियाकलाप गर्दै गठबन्धनका उम्मेदवारहरुको चरित्रहत्या गर्ने कार्यप्रति आपत्ति प्रकट गर्दै भ्रममा नपर्न समेत आग्रह गरेका छन । उनले गठबन्धनका पक्षमा ईमान्दार भएर लाग्न आग्रह गर्दै समाजलाई भड्काउने खालका विषयबस्तु सेयर नगर्न समेत सम्पूर्णमा आग्रह गरेका छन् ।

फेसबुक आइडी चौरपाटी अछाम मार्फत अछामको स्थानीय भाषामा लेखिएका डेउडा गीतमार्फत् विभिन्न अमूक थर भएका उम्मेदवार बाहेक अन्यलाई मतदान नगर्न भन्दै आन्तरिक सर्कुलर गरिएको अर्थ लाग्ने खालका एक पक्षीय गीति टुक्का लेखिएको स्ट्याटस सामाजिक सञ्जालमा पोष्ट गरिएको थियो ।

हेर्नुस विज्ञप्ति

प्रतिक्रिया