Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

निर्वाचनलाई ४ दिन विदा ?

निर्वाचनलाई ४ दिन विदा ?

निर्वाचन आयोगले छ दिनपछि यही मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।

आयोगले सरकारसंग यही मंसिर २, ४ तथा मंसिर ५ मंसिर गते सोमबार सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिन प्रस्ताव गरेको छ । मंसिर ३ गते भने शनिबार परेको छ ।

आयोगले सार्वजनिक विदाका बारेमा केही दिनअघि नै निर्णय गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएकोमा यसबारे मन्त्रिपरिषदले निर्णय गरिसकेको छैन ।

निर्वाचन हुने दिन मंसिर ४ गते आइतबार परेको छ । त्यसैले यदि आयोगले गरेको सिफारिस मन्त्रीपरिषदबाट अनुमोदन भएमा शनिबारसहित चार दिन लामो बिदा हुनेछ ।

निर्वाचन आयोगले अधिकांश मतदानस्थलहरु विद्यालयमा राखिएकाले पनि पूर्व तयारीका लागि दुई दिनअघि नै सार्वजनिक बिदाको माग गरेको हो ।

यद्यपि, सरकारले भने निर्वाचनमा कति दिन बिदा दिने भन्ने बारेमा अहिलेसम्म निर्णय गरेको छैन ।

यसअघि त्रिभुवन विश्वविद्यालयले मंसिर १ गतेदेखि देखि मंसिर ५ गतेसम्म निर्वाचनका लागि बिदा दिने निर्णय गरिसकेको छ ।

यद्यपि, गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा भने सरकारले मतदानको दिन मात्र बिदा दिएको थियो ।

प्रतिक्रिया

ट्रेन्डिङ