Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०१ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

अछाममा गाउँ केन्द्रित भयो चुनाव प्रचारप्रसार

अछाममा गाउँ केन्द्रित भयो चुनाव प्रचारप्रसार

आगामी मङ्सिर ४ गते हुने  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अछामका अधिकांश राजनीतिक दल, तिनका कार्यकर्ता र उम्मेदवार गाउँ तथा वडा केन्द्रित चुनावी प्रचारप्रसारमा छन् । चुनावी प्रचार–प्रसारका क्रममा दलका उम्मेदवार अन्तिम समय आइपुग्दा गाउँ तथा नगरका प्रत्येक वडा–वडामा केन्द्रित भएका छन् ।

अछामको निर्वाचन क्षेत्र नं १ मा सत्ता गठबन्धनबाट प्रतिनिधिसभाका सदस्यका उम्मेदवार एवं श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रि शेर बहादुर कुँवर र प्रदेशसभा (१) का सत्ता गठबन्धनका उम्मेदवार मेघराज खड्काले मङ्गलबार साँफेबगर नगरपालिकाका वडा नं १० र ११ मा चुनावी सभा तथा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको चुनाव प्रचार–प्रसार समितिका सदस्य खेमराज खड्काले बताए ।

निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (२) का उम्मेदवार झपट साउँद सहितको सत्ता गठबन्धनको टोलीले मङ्गलबार बान्निगढी जयगढ गाउँपालिकाका ३ वडामा चुनावी कोणसभा र घरदैलो कार्यक्रम सम्पन्न गरेको निर्वाचन क्षेत्र नं १ प्रचार–प्रसार समितिका सदस्य तथा माओवादी केन्द्रका मनोज रावलले बताए ।

नेकपा (एमाले) बाट निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार झपट बोहरा सहित प्रदेश (२) का उम्मेदवार कृष्ण प्रसाद जैशि तथा प्रदेश (१) का उम्मेदवार देब बहादुर कुँवर सहितको टोलीले रामारोशन गाउँपालिकाका अधिकांश वडामा घरदैलो कार्यक्रम गरिरहेको एमालेका राम बहादुर साउँदले बताए । त्यसैगरी स्वतन्त्र उम्मेदवार राजन कुँवर पनि यतिबेला क्षेत्र न १ को साँफेबगर नगरपालिका वडा न ११ र १२ मा घरदैलो गरिरहेको लक्ष्मण कुँवरले जानकारी दिए । 

अछामको निर्वाचन क्षेत्र नं २ मा पनि सत्ता गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्प बहादुर शाह अहिले पुर्वि क्षेत्रको कमलबजार नगरपालिका, ढकारी र तुमाखाँद गाउँपालिकाका प्रत्येक वडामा घरदैलो कार्यक्रममा व्यस्त रहेका नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी वेद प्रकाश तिमिल्सैनाले बताए ।

यसपटकको निर्वाचनमा चुनावी प्रचार–प्रसारका क्रममा जिल्लाको मुख्य सदरमुकाम मंगलसेन बाहेक साँफेबगर, कमलबजार तथा विनायकमा बृहत् चुनावी सभा सञ्चालन भएको जिल्लाका राजनीतिक दलका नेता र उम्मेदवारहरु बताउँछन् । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि वेद प्रकाश तिमिल्सैनाका अनुसार विगतका निर्वाचनमा राजनीतिक दलले जिल्ला सदरमुकाम र अन्य नगरका मुख्य सहरमा बृहत् चुनावीसभा र र्याली सञ्चालन गर्ने गरेको भएपनि यसपटकको निर्वाचनमा अधिकांश राजनीतिक दल गाउँ र वडा केन्द्रित तथा घर–घर गई भोट माग्ने कार्य भइरहेको छ ।

अछाममा प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र र प्रदेशसभामा चार निर्वाचन क्षेत्र छन् । प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नं १ मा ५ र २ मा ३ उम्मेदवार चुनावी मैदानमा रहेको जिल्ला निर्वाचन कार्यालय अछामकाका प्रमुख पिताम्बर शर्माले बताए  । यस्तै क्षेत्र नं १ प्रदेशसभा (१) मा २ र (२) मा २ उम्मेदवार चुनावी मैदानमा रहेका छन् । यस्तै क्षेत्र नं २ मा प्रदेशसभा (१) मा २ र (२) मा ३ उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, तथा ४ स्वतन्त्र उम्मेदवारले चुनावमा सहभागिता जनाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा १ लाख ५८ हजार ६ सय ५७ मतदाता छन् । क्षेत्र नं १ मा ७९ हजार ३६ तथा क्षेत्र नं २ मा ७९ हजार ६ सय २१ मतदाता छन् । 

वि.सं २०७४ को आम निर्वाचनमा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका डा. भिम बहादुर रावल र क्षेत्र नं २ नेकपा एमालेकै यज्ञ बहादुर बोगटी विजयी भएका थिए । क्षेत्र नं १ प्रदेशसभा (१) बाट एमालेका हर्क बहादुर कुँवर (गोविन्द) र (२) बाट नेकपा माओवादी केन्द्रका झपट बोहरा विजयी भएका थिए । क्षेत्र नं २ प्रदेशसभा (१) बाट नेकपा माओवादी केन्द्रका अक्कल बहादुर रावल र (२) बाट नेकपा एमालेका बल बहादुर सोडारी विजयी भएका थिए ।

प्रतिक्रिया