Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०२ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

१२९ सिटमा मतगणना जारी, ४ को नतिजा सार्वजनिक, सत्ता गठबन्धन ५० प्रतिशत सिटमा अगाडि

१२९ सिटमा मतगणना जारी, ४ को नतिजा सार्वजनिक, सत्ता गठबन्धन ५० प्रतिशत सिटमा अगाडि

प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा सत्ता गठबन्धन ५० प्रतिशत सिटमा अगाडि देखिएको छ।

मंगलबार बिहान साढे ५ बजेसम्म प्राप्त तथ्यांकअनुसार १२९ निर्वाचन क्षेत्रमा मतगणना जारी छ। त्यसमध्ये ६५ वटामा सत्ता गठबन्धन अगाडि छ भने तीनवटा निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भइसकेका छन्। कांग्रेसले मनाङ, मुस्ताङ र काठमाडौं–१ बाट जित हात पारेको हो।

मनाङबाट टेकबहादुर गुरूङ निर्वाचित भएका छन्। उनले २५७५ मत प्राप्त गरेका छन्। त्यस्तै मुस्ताङबाट २९ वर्षका योगेश गौचन थकाली निर्वाचित भएका छन्। उनले ३९९२ मत ल्याएका छन्।

काठमाडौं-१ बाट नेपाली कांग्रेसका प्रकाशमान सिंह निर्वाचित भएका छन्। उनले ७१४३ मत पाएका छन्।

मतगणना सकिएका यी तीन क्षेत्र घटाएर गणना जारी रहेको क्षेत्रको मात्र हिसाब गर्ने हो भने सत्ता गठबन्धन ५०.४ प्रतिशत सिटमा अगाडि देखिन्छ।

सत्ता गठबन्धनमा नेपाली कांग्रेससँगै माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा छन्। हामीले कांग्रेससँग चुनावी तालमेल गरेको लोकतान्त्रिक समाजवादी पार्टीलाई यसमा जोडेका छैनौं।

त्यस्तै अहिलेसम्मको मतगणनामा एमाले ३५ सिटमा अग्रस्थानमा छ। यो मतगणना भइरहेको १२९ सिटमध्ये २७.१ प्रतिशत हुन आउँछ। एमालेले पनि ललितपुर–२ मा जित निकालेको छ। हामीले यो क्षेत्रलाई पनि मतगणना जारी रहेको क्षेत्रमा जोडेका छैनौं।

ललितपुर-२ मा एमालेका प्रेम महर्जनले जितेका छन्। उनले १५०२५ मत पाएर जितेका हुन्।

यसपटक निर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी ६.२ प्रतिशत सिटमा अगाडि छ। स्वतन्त्र पार्टीले ८ सिटमा अग्रता लिइरहेको छ। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ सिटमा अग्रता कायम गरेको छ।

मतगणना जारी भएका क्षेत्रमध्ये ४.७ प्रतिशत सिटमा राप्रपा अगाडि छ। अन्य विभिन्न दलहरू ११.६ प्रतिशत सिटमा अगाडि छन्। हामीले अन्यमा राखेकोमा सत्ता गठबन्धनको समर्थन पाएका रौतहटका प्रभु साहसमेत छन्।

जारी मतगणनाको रूझान हेर्दा सत्ता गठबन्धनलाई बहुमत ल्याउन सहज देखिएको छ। मतगणना तीव्र रूपमा भइरहेको र उम्मेदवारहरूको अग्रतामा परिवर्तन आइरहेको अवस्था छ।

प्रतिक्रिया