Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २७ चैत २०८२
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

१२९ सिटमा मतगणना जारी, ४ को नतिजा सार्वजनिक, सत्ता गठबन्धन ५० प्रतिशत सिटमा अगाडि

१२९ सिटमा मतगणना जारी, ४ को नतिजा सार्वजनिक, सत्ता गठबन्धन ५० प्रतिशत सिटमा अगाडि

प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा सत्ता गठबन्धन ५० प्रतिशत सिटमा अगाडि देखिएको छ।

मंगलबार बिहान साढे ५ बजेसम्म प्राप्त तथ्यांकअनुसार १२९ निर्वाचन क्षेत्रमा मतगणना जारी छ। त्यसमध्ये ६५ वटामा सत्ता गठबन्धन अगाडि छ भने तीनवटा निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भइसकेका छन्। कांग्रेसले मनाङ, मुस्ताङ र काठमाडौं–१ बाट जित हात पारेको हो।

मनाङबाट टेकबहादुर गुरूङ निर्वाचित भएका छन्। उनले २५७५ मत प्राप्त गरेका छन्। त्यस्तै मुस्ताङबाट २९ वर्षका योगेश गौचन थकाली निर्वाचित भएका छन्। उनले ३९९२ मत ल्याएका छन्।

काठमाडौं-१ बाट नेपाली कांग्रेसका प्रकाशमान सिंह निर्वाचित भएका छन्। उनले ७१४३ मत पाएका छन्।

मतगणना सकिएका यी तीन क्षेत्र घटाएर गणना जारी रहेको क्षेत्रको मात्र हिसाब गर्ने हो भने सत्ता गठबन्धन ५०.४ प्रतिशत सिटमा अगाडि देखिन्छ।

सत्ता गठबन्धनमा नेपाली कांग्रेससँगै माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा छन्। हामीले कांग्रेससँग चुनावी तालमेल गरेको लोकतान्त्रिक समाजवादी पार्टीलाई यसमा जोडेका छैनौं।

त्यस्तै अहिलेसम्मको मतगणनामा एमाले ३५ सिटमा अग्रस्थानमा छ। यो मतगणना भइरहेको १२९ सिटमध्ये २७.१ प्रतिशत हुन आउँछ। एमालेले पनि ललितपुर–२ मा जित निकालेको छ। हामीले यो क्षेत्रलाई पनि मतगणना जारी रहेको क्षेत्रमा जोडेका छैनौं।

ललितपुर-२ मा एमालेका प्रेम महर्जनले जितेका छन्। उनले १५०२५ मत पाएर जितेका हुन्।

यसपटक निर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी ६.२ प्रतिशत सिटमा अगाडि छ। स्वतन्त्र पार्टीले ८ सिटमा अग्रता लिइरहेको छ। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ सिटमा अग्रता कायम गरेको छ।

मतगणना जारी भएका क्षेत्रमध्ये ४.७ प्रतिशत सिटमा राप्रपा अगाडि छ। अन्य विभिन्न दलहरू ११.६ प्रतिशत सिटमा अगाडि छन्। हामीले अन्यमा राखेकोमा सत्ता गठबन्धनको समर्थन पाएका रौतहटका प्रभु साहसमेत छन्।

जारी मतगणनाको रूझान हेर्दा सत्ता गठबन्धनलाई बहुमत ल्याउन सहज देखिएको छ। मतगणना तीव्र रूपमा भइरहेको र उम्मेदवारहरूको अग्रतामा परिवर्तन आइरहेको अवस्था छ।

प्रतिक्रिया