ताजा अपडेट
३९ घण्टा पछि पुगे बिच्छयाँका मतपेटिका
बाजुराको अति दुर्गम बिच्छयाँका मतपेटिका ३९ घण्टा पछि सदरमुकाम मार्तडी पुगेका छन् । हिमाली गाउँपालिका १ र वडा नम्बर ३ को तिन स्थानको मतपेटिका मंगलवार बिहान ८ बजे मतपेटिका पुगेको निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।
सदरमुकाम मार्तडी देखी निकै टाढा रहेको हिमाली गाउँपालिका ३ गुम्बामा रहेको हिमालभक्ति आधारभुक्त बिद्यालय र सोही वडाको गंगा आधारभुक्त बिद्यालय बौडिको बोकेर मतपेटिका ल्याएका थिए । त्यस्तै वडा नम्बर १ मा रहेको बिच्छयाँ माबि मतदान केन्द्रको पनि ढिला पुगेको हो । हेलिकप्टर बाट ल्याउने नभएपछि बोकेर मतपेटिका ल्याएको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारीले वताएका छन् । तिन मतदान स्थलको पुगे सँगै बाजुरामा सबै ठाउँका मतपेटिका पुगिसकेको निर्वाचन अधिकृतको कार्यलय बाजुराले जनाएको छ ।
बुढिनन्दा नगरपालिका ५ को मतदान केन्द्रमा २८ मत मात्र खसेको छ । मतदान शुरुमै झडप भएपति मतदान अधिकृतले मतदान स्थगित भएको सुचना निकाले थियो । त्यहाँ कहिले मतदान हुने कुनै जानकारी भएको छैन् । बाजुरामा मतगणना कहिले हुने अनिश्चित भएको छ । त्रिवेणी नगरपालिका ७ मा चुनावको बिषयलाइ लिएर दुइजनाको मृत्यु भएको थियो । उनिहरुको शव अहिले सम्म उठन सकेको छैन् । एकातिर मृत्यु भएको शव नबुझनु र अर्कोतिर बुढिनन्दा नगरपालिका ५ मा पनि पुन मतदान हुने ढुंगो नभएपछि मतगणना हुने अनिश्चित भएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया