Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, १५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

देउवाले जित्नु पनि मैले जितेजस्तै हो - सागर ढकाल

देउवाले जित्नु पनि मैले जितेजस्तै हो -  सागर ढकाल

डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धामा रहेका स्वतन्त्र उम्मेदवार सागर ढकालले जसले जिते पनि आफ्नै जित हुने बताएका छन्। उनले डडेल्धुरामा देउवा विजयी भएपनि आफूले जिते सरह नै हुने बताएका छन्। 

मंगलबार बिहान फेसबुक लाइभमार्फत् उनले देउवाको यो अन्तिम पाँच वर्ष हुने र आफूहरूको सुरुवात भएको बताएका छन्। उनले अब देउवाबाहेक डडेल्धुरामा आफ्ना प्रतिस्पर्धी नै नभएको दाबी गरे। ‘उहाँको पाँच वर्ष अब अन्तिम हो। उहाँले जिते पनि मैले जितजस्तै हो। डराउनुपर्दैन,’ उनले भने, ‘अब डडेल्धुरा बनाउने, नीति नियम लेख्ने मैलै नै हो। अब डडेल्धुराको भनेको सागर ढकाललै हो। सक्किसक्यो अब कम्पिटिसन नै छैन।’ उनले डडेल्धुराका युवालाई साथ दिएको धन्यवाद दिए। यस्तै उनले डडेल्धुराका युवा तथा मतदातालाई गाली नगर्न पनि आग्रह गरेका छन्। 

‘अन्तिम नतिजा आइसकेको छैन, त्यति सारो खराब नतिजा पनि छैन, अहिलेसम्म १०–१२ हजार भोट मात्र गन्ती भएको छ, यहाँ करिब ५० हजार मत खसेको छ। सकारात्मक भइदिनु होला,’ सागरले भनेका छन्, ‘युवाहरू सबै आउनुपर्छ। धेरैजनाले सागर तिम्रो १००० मत पनि आउँदैन भन्दै हुनुहुन्थ्यो, त्यसको बावजुद हामी राम्रो भोट ल्याउँदै छौं।’ ढकालले डडेल्धुराबासीलाई गाली नगर्न पनि आग्रहसमेत गरेका छन्।

देशभर परिवर्तनको लहर आइसकेको उनको भनाइ छ। चुनावमा आफूहरूले निकै राम्रो प्रदर्शन गरेको उल्लेख गर्दै उनले यसलाई एकदमै राम्रो संकेत भएको पनि बताए।

प्रतिक्रिया