Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २६ बैशाख २०८१

देशको १४८ क्षेत्रबाट निर्वाचित सांसद यी हुन् , बाँकीमा कहाँ कसको अग्रता ? (सूचीसहित)

देशको १४८ क्षेत्रबाट निर्वाचित सांसद यी हुन् , बाँकीमा कहाँ कसको अग्रता ? (सूचीसहित)

यही मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार शनिबार बिहान साढे ११ बजेसम्म प्रत्यक्षतर्फ १४८ क्षेत्रको नतिजा सार्वजनिक भएको छ ।

सार्वजनिक नतिजाअनुसार नेपाली कांग्रेस अग्रस्थानमा छ । कांग्रेसका उमेदवारले ४९ क्षेत्रमा जितेका छन् । दोस्रो स्थानमा रहेको नेकपा (एमाले)का उमेदवारले ३९, नेकपा (माओवादी केन्द्र)का उमेदवार १६ क्षेत्रमा विजयी भएका छन् ।

यस्तै, नेकपा (एकीकृत समाजवादी)का उमेदवार १०, राष्ट्रिय स्वतन्त्र पार्टीका सात, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सात, जनता समाजवादी पार्टी (जसपा)का पाँच, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का चार, नागरिक उन्मुक्ति पार्टीका उमेदवारले तीन क्षेत्रमा जितेका छन् ।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा), जनमत पार्टी र राष्ट्रिय जनमोर्चाका उमेदवार एक/एक क्षेत्रबाट निर्वाचित भएका छन् । पाँच स्वतन्त्र उमेदवारले पनि निर्वाचन जितेका छन् ।

कहाँ कसले जिते ?
नेपाली कांग्रेस
१. मुस्ताङ – योगेश गौचन
२. मनाङ – टेकबहादुर गुरुङ
३. काठमाडौं–१ – प्रकाशमान सिंह
४. काठमाडौं–३ – सन्तोष चालिसे
५. काठमाडौं–४ – गगनकुमार थापा
६. काठमाडौं–५ – प्रदीप पौडेल
७. रसुवा – मोहन आचार्य
८. ललितपुर–१ – उदयशमशेर जबरा
९. तनहुँ–२ – शंकर भण्डारी
१०. डडेलधुरा – शेरबहादुर देउवा
११. काठमाडौं–१० – राजेन्द्रकुमार केसी
१२. पर्सा–४ – रमेशकुमार रिजाल
१३. सुर्खेत २ – हृदयराम थानी
१४. ओखलढुंगा – रामहरि खतिवडा
१५. झापा–१ – विश्वप्रकाश शर्मा
१६. पर्सा–१ – अजयकुमार चौरसिया
१७. गोरखा–१ – राजेन्द्र बजगाईं
१८. म्याग्दी – खमबहादुर गर्बुजा
१९. अछाम–२ – पुष्पबहादुर शाह
२०. कैलाली–४ – वीरबहादुर बलायर
२१. दार्चुला – दिलेन्द्रप्रसाद बडू
२२. कञ्चनपुर–३ – रमेश लेखक
२३. भक्तपुर–२ – दुर्लभ थापा क्षेत्री
२४. दैलेख २ – दिक्पालकुमार शाही
२५. कञ्चनपुर–२ – एनपी साउद
२६. तनहुँ–१ – रामचन्द्र पौडेल
२७. बाँके–३ – किशोरसिंह राठौर
२८. नवलपुर–१ – शशांक कोइराला
२९. धादिङ–२ – रामनाथ अधिकारी
३०. रौतहट–४ – देवप्रसाद तिमल्सिना
३१. सिन्धुली–१ – श्यामकुमार घिमिरे
३२. सप्तरी–३ – दिनेशकुमार यादव
३३. नवलपुर–२ – विष्णुकुमार कार्की 
३४. सुर्खेत–१ – पूर्णबहादुर खड्का
३५. बर्दिया–२ – सञ्जय गौतम
३६. दाङ–३ – दीपक गिरी
३७. नवलपरासी–१ – विनोद चौधरी
३८. सिन्धुपाल्चोक–२ – मोहन बस्नेत
३९. धनुषा–२ – रामकृष्ण यादव
४०. स्याङ्जा–१ – राजु थापा 
४१. गुल्मी–१ – चन्द्र भण्डारी 
४२. मोरङ–६ – डा. शेखर कोइराला
४३) मोरङ ३ – डा. सुनिल शर्मा 
४४. कपिलवस्तु–२ – सुरेन्द्रराज आचार्य 
४५. संखुवासभा – दीपक खड्का 
४६. तेह्रथुम – सीता गुरुङ
४७. कैलाली–५ – डिल्लीराम पन्त 
४८. सप्तरी–४ – तेजुलाल चौधरी 
४९. नुवाकोट–२ – अजुर्ननरसिंह केसी

नेकपा (एमाले)
१. उदयपुर–२ – अम्बरबहादुर रायमाझी
२. काठमाडौं–९ – कृष्णगोपाल श्रेष्ठ
३. ललितपुर–२ – प्रेमबहादुर महर्जन
४. गुल्मी–२ – गोकर्ण विष्ट
५. झापा–२ – देवराज घिमिरे
६. झापा–५ – केपी शर्मा ओली
७. ताप्लेजुङ – योगेश भट्टराई
८. पर्सा–३ – राजकुमार गुप्ता
९. अर्घाखाँची – टोपबहादुर रायमाझी
१०. प्युठान – सूर्य थापा
११. मकवानपुर–२ – महेशकुमार बर्तौला
१२. कास्की–२ – विद्या भट्टराई
१३. पर्वत – पदम गिरी
१४. लमजुङ – पृथ्वीसुब्बा गुरुङ
१५. रुपन्देही–५ – वासुदेव घिमिरे
१६. सोलुखुम्बु – मानवीर राई
१७. धनकुटा – राजेन्द्र राई
१८. झापा–४ – एलपी साँवा लिम्बू
१९. सिरहा–१ – रामशंकर यादव
२०. बाँके–१ – सूर्यप्रसाद ढकाल
२१. बैतडी – दामोदर भण्डारी
२२. कपिलवस्तु–१ – बलराम अधिकारी
२३. कञ्चनपुर–१ – तारा लामा तामाङ
२४. पाँचथर – वसन्तकुमार नेम्वाङ 
२५. कास्की–३ – दामोदर पौडेल
२६. सर्लाही–३ – हरिप्रसाद उप्रेती
२७. मोरङ–२ – ऋषिकेश पोखरेल 
२८. कपिलवस्तु–३ – मंगलप्रसाद गुप्ता 
२९. रुपन्देही–१ – छविलाल विश्वकर्मा 
३०. रुपन्देही–२ – विष्णु पौडेल
३१. पाल्पा–१ – नारायण आचार्य 
३२. कास्की–१ – मनबहादुर गुरुङ
३३. काभ्रे–२ – गोकुल बाँस्कोटा 
३४. बारा–३– ज्वालाकुमारी शाह 
३५. बारा–१ – अच्युत मैनाली 
३६. पाल्पा २ – ठाकुर गैरे 
३७. सिरहा–३ – लीलानाथ श्रेष्ठ 
३८. धनुषा–३ – जुलीकुमारी महतो 
३९. सुनसरी–२ – भीमप्रसाद आचार्य

नेकपा (माओवादी केन्द्र)
१. सिन्धुली–२ – लेखनाथ दाहाल
२. सिन्धुपाल्चोक–१ – माधव सापकोटा
३. बागलुङ–२ – देवेन्द्र पौडेल
४. रोल्पा – वर्षमान पुन
५. रुकुम पूर्व – पूर्णबहादुर घर्तीमगर
६. जाजरकोट – शक्तिबहादुर बस्नेत
७. गोरखा–२ – पुष्पकमल दाहाल ‘प्रचण्ड’
८. दाङ–२ – रेखा शर्मा
९. रुकुम पश्चिम – जनार्दन शर्मा ‘प्रभाकर’
१०. खोटाङ – रामकुमार राई
११. भोजपुर – सुदन किराँती
१२. मोरङ–४ – अमनलाल मोदी 
१३. हुम्ला – कार्जेन लामा 
१४. नुवाकोट–१ – हितबहादुर तामाङ
१५. खोटाङ – रामकुमार राई 
१६. काभ्रे–१ – सूर्यमान तामाङ

नेकपा (एकीकृत समाजवादी)
१. अछाम–१ – शेरबहादुर कुँवर
२. बारा–४ – कृष्णकुमार श्रेष्ठ
३. दैलेख–१ – अमरबहादुर थापा
४. सल्यान – प्रकाश ज्वाला
५. डोटी – प्रेमबहादुर आले
६. बझाङ – भानुभक्त जोशी
७. रौतहट–१ – माधवकुमार नेपाल
८. डोल्पा – धनबहादुर बुढा
९. धादिङ–१ – राजेन्द्र पाण्डे
१०. दाङ–१ –  मेटमणि चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी
१. काठमाडौं–७ – गणेश पराजुली
२. काठमाडौं–८ – विराजभक्त श्रेष्ठ
३. काठमाडौं–२ – सोबिता गौतम
४. काठमाडौं–६ – शिशिर खनाल
५. ललितपुर–३ – तोसिमा कार्की
६. चितवन–२ – रवि लामिछाने
७. चितवन–१ – हरि ढकाल

राष्ट्रिय प्रजातन्त्र पार्टी
१. बाँके–२ – धवलशमशेर जबरा
२. जुम्ला – ज्ञानेन्द्रबहादुर शाही
३. मकवानपुर–१ – दीपकबहादुर सिंह
४. झापा–३ – राजेन्द्र लिङ्देन
५. चितवन–३ – विक्रम पाण्डे 
६. नवलपरासी पश्चिम–२ – ध्रुवबहादुर प्रधान

जनता समाजवादी पार्टी, नेपाल
१. पर्सा–१ – प्रदीप यादव
२. सप्तरी–१ – नवलकिशोर साह
३. सिरहा–४ – वीरेन्द्रप्रसाद महतो 
४. सिरहा–२ – राजकिशोर यादव
५. बारा–२ – रामसहायप्रसाद यादव 

लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
१. रुपन्देही–४ – सर्वेन्द्रनाथ शुक्ल
२. सर्लाही–१ – रामप्रकाश चौधरी
३. महोत्तरी–२ – शरतसिंह भण्डारी 
४. महोत्तरी–३ – महन्थ ठाकुर

नागरिक उन्मुक्ति पार्टी
१. कैलाली–३ – गंगाराम चौधरी
२. कैलाली–१ – रञ्जिता श्रेष्ठ चौधरी 
३. कैलाली–२ – अरुणकुमार चौधरी

जनमत पार्टी
१. सप्तरी–२ – डा. चन्द्रकान्त (सीके) राउत

राष्ट्रिय जनमोर्चा
१. बागलुङ–१ – चित्रबहादुर केसी

नेपाल मजदुर किसान पार्टी
१. भक्तपुर–१ – प्रेम सुवाल

स्वतन्त्र
१. बर्दिया–२ – लालवीर चौधरी
२. सर्लाही–४ – अमरेशकुमार सिंह
३. मोरङ–५ – योगी मण्डल
४. रौतहट–३ – प्रभु साह
५. रौतहट– २ – किरण साह

अब १७ निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम आउन बाँकी छ ।

बाँकी रहेका निर्वाचन क्षेत्र
इलाम निर्वाचन क्षेत्र नम्बर–१ मा एमालेका महेश बस्नेतले अग्रता लिएका छन् । इलाम क्षेत्र नम्बर–२ मा एमालेका सुवास नेम्वाङ अगाडि छन् ।

मोरङ–१ मा एमालेका घनश्याम खतिवडाको अग्रता कायमै छ । सुनसरी–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङको अग्रता छ ।

सुनसरी–३ मा एमालेकी भगवती चौधरी अग्रस्थानमा छिन् ।

पछिल्लो मतपरिणामानुसार सुनसरी–४ मा एमालेका जगदीशप्रसाद कुसियैतलाई ७५ मतले पछाडि पार्दै कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की अगाडि छन् ।

धनुषा–१ मा जसपाका दीपक कार्की र धनुषा–४ मा कांग्रेस सहमहामन्त्री महेन्द्र यादवको अग्रता कायम छ ।

महोत्तरी–१ मा माओवादी केन्द्रका गिरिराजमणि पोखरेल र महोत्तरी–४ मा कांग्रेसका महेन्द्रकुमार रायको अग्रता छ ।

सर्लाही–२ मा माओवादी केन्द्रका महिन्द्रराय यादव अगाडि छन् ।

रामेछापमा कांग्रेसका पूर्णबहादुर तामाङको अग्रता छ ।

रुपन्देही–३ मा राप्रपाका दीपक बोहराको अग्रता कायमै छ ।

मुगुमा कांग्रेस उमेदवार ऐनबहादुर शाही ठकुरी अगाडि छन् ।

दोलखामा मतगणना हुन सकेको छैन । स्याङ्जा–२ मा पनि विवादका कारण मतगणना सुरु भएको छैन ।

बाजुरामा राजनीतिक दलहरूले जिल्लाका २४ मतदान केन्द्रमा पुनः मतदानको माग गर्दै उजुरी दिए छन् । त्यहाँको एक केन्द्रमा आज पुनः मतदान गरिएको छ । मतगणना सुरु गरिएको छैन ।

प्रतिक्रिया