Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २७ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

अछाममा समानुपातिक तर्फको मतगणना सम्पन्न, कांग्रेसलाई पहिलो

अछाममा समानुपातिक तर्फको मतगणना सम्पन्न, कांग्रेसलाई पहिलो

अछाममा समानुपातिक तर्फको मतगणना सम्पन्न भएको छ। जिल्लाको दुवै निर्वाचन क्षेत्रमा समानुपातिकतर्फको मतगणना सकिएको हो। 

प्रतिनिधिसभा समानुपातिक तर्फ नेपाली कांग्रेसले सबैभन्दा बढी ३० हजार ३४९ मत प्राप्त गरेको छ। नेकपा एमालले २८ हजार ९९३,नेकपा माओवादी केन्द्रले १२ हजार ५६२,समाजवादीले ४ हजार ३७० र राष्ट्रिय स्वतन्त्र पार्टीले १ हजार ४७० मत प्राप्त गरेका छन्। 

क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसले १४ हजार ५२५, एमालले १३ हजार ९६८, माओवादीले ७ हजार २२८, समाजवादीले २ हजार ७४७, राष्टिय स्वतन्त्र पार्टीले ७८५ मत पाएको छ। 

क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसले १५ हजार ८३४, एमालेले १५ हजार २४, माओवादीले ५ हजार ३३४, समाजवादीले १ हजार ६२३ ,राष्टिय स्वतन्त्र पार्टीले ६४१  मत प्राप्त गरेको छन्।  

क्षेत्र नम्बर १ मा खसेको ४२ हजार २८१ मतमध्ये २ हजार ४५९ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालय साँफेबगरले जनाएको छ। 

क्षेत्र नम्बर १ मा प्रदेशसभा समानुपातिकतर्फको अन्तिम मत परिणम अनुसार कांग्रेसले १४ हजार ४२ मत पाएको छ। एमालेले १४ हजार १९,माओवादी केन्द्रले ६ हजार ८९१ र समाजवादीले ३ हजार ४४६ मत  प्राप्त गरेका छन्।  

प्रदेश समानुपातिकतर्फ ४१ हजार ४४६ मत खसेको मध्ये २ हजार २४२ मत बदर भएका छन्। अछाम २ प्रदेश सभा समानुपातिकको मतगणना जारी छ।

प्रतिक्रिया