ताजा अपडेट
बैतडीमा एक किशोरीको घाँटी रेटी हत्या
बैतडीमा एक किशोरीको घाँटी रेटी हत्या गरिएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नं. ४ सैलोडाकी २१ बर्षीया माया लुहारको घाँटी रेटी हत्या गरिएको हो । सोही ठाउँकी १५ बर्षिया नेहा लुहार घाइते अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले दिएको जानकारी अनुसार मंगलबार बिहान १० बजे घरबाट पञ्चेश्वर गाउँपालिका ३ कुलाउमा लुगा सिलाउन गएका दुवै जना घर नफर्केपछि खोजी गर्दा बुधबार माया मृत र नेहा घाइते अवस्थामा फेला परेकी हुन् ।
शिवनाथ गाउँपालिका ६ शिवनाथ मन्दिर नजिकै टेलिफोन टावरको छेउमा मायाको शव फेला परेको हो भने पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सिमानास्थित बालाडाँगा भन्ने स्थानमा नेहा घाइते अवस्थामा फेला परेकी हुन् ।
मायाको धारिलो हतियारले घाँटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । नेहाको पनि घाँटी रेटिएको र उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटन पठाइएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया