ताजा अपडेट
जिउँदै रहेका मेयरका बुवालाई मृत भन्दै प्रचार गरेपछि
मतदान सकिएको ११ दिन भए पनि स्याङ्जा-२ को मतगणना अझै सुरु हुन सकेको छैन । चापाकोट नगरपालिकाका चार बुथमा धाँधली गरी बुथ कब्जा भएको नेकपा (एमाले)ले आरोप लगाउँदै पुनः मतदानको माग गरेको छ भने कांग्रेसले तत्काल मतगणनाको माग गर्दै आएको छ । दुवै दलले सडकमा धर्ना दिँदै आएका छन् । एमालेले मृत्यु भइसकेका र विदेशमा रहेका मतदाताले पनि भोट हालेको भन्दै सूची नै सार्वजनिक गरेको थियो ।
एमालेका नेता तथा स्याङ्जा-२ का एमालेका तर्फबाट उम्मेदवार बनेकी पद्मा कुमारी अर्याल, उनका श्रीमान् ,एमाले जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रेलगायतले सामाजिक सञ्चालमा मृत व्यक्तिहरू र विदेशमा रहेको भन्दै नामावली सार्वजनिक नै गरेका थिए । सार्वजनिक भएका नामावलीमध्ये धेरै व्यक्तिहरू जीवितै रहेको र विदेशमा भनिएका व्यक्तिहरू स्वदेशमा नै रहेको पुष्टि हुँदै गएको छ ।
एमालेका नेताहरूले सार्वजनिक गरेको मृतक मतदाता भनिएको नामावलीमा चापाकोट नगरपालिकाका प्रमुख देवबहादुर खाणका बुवाको नाम पनि समावेश छ । देवका बुवा गोबिन्दबहादुर खाण भने जीवितै छन् ।
नगरप्रमुख खाणले सामाजिक सञ्चालनमा लेखेका छन्,‘मेरो पुजनीय पिता गोविन्दबहादुर खाणको मृत्यु भएको भनी सञ्चारका माध्यमहरूमा एमाले स्याङ्जाले नाम उल्लेख्य गरेको कार्यले दु:खित बनाएको छ । जिवितै मान्छेलाई मृत्यु भनी स्याङ्जामा एमालेबाट गरिएको अमर्यादित कार्यप्रति घोर भत्सर्नासहित कारबाहीको माग गर्दछु । समाजमा यस्ता नकारात्मक सन्देश दिने , सामाजिक द्वन्द्व बढाउने र समाजलाई आतंकित बनाउने कार्य निन्दनीय छ ।’
खाण मात्रै होइन मृतक मतदाता भनिएका धेरै व्यक्ति सार्वजनिक भएका छन् भने उनीहरूले आक्रोशसमेत पोखिरहेका छन् ।
चापाकोट नगरपालिका-५ की ७६ वर्षीय जुनमाया दमै पनि जिवितै छिन् । उनले मंसिर ४ गते जनसक्रिय आधारभूत विद्यालय चिठ्ठी पोखरी मतदान केन्द्रमा मतदान गरेकी हुन् ।
यस्तै चापाकोट ४ का बुद्धिबहादुर शाही पनि जिवितै रहेको भिडियो सार्वजनिक भएको छ । चापाकोटका धेरै व्यक्तिहरू यसरी सार्वजनिक हुने क्रम चलिरहेको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया