Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ३१ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

जिउँदै रहेका मेयरका बुवालाई मृत भन्दै प्रचार गरेपछि

जिउँदै रहेका मेयरका बुवालाई मृत भन्दै प्रचार गरेपछि

मतदान सकिएको ११ दिन भए पनि स्याङ्जा-२ को मतगणना अझै सुरु हुन सकेको छैन । चापाकोट नगरपालिकाका चार बुथमा धाँधली गरी बुथ कब्जा भएको नेकपा (एमाले)ले आरोप लगाउँदै पुनः मतदानको माग गरेको छ भने कांग्रेसले तत्काल मतगणनाको माग गर्दै आएको छ । दुवै दलले सडकमा धर्ना दिँदै आएका छन् । एमालेले मृत्यु भइसकेका र विदेशमा रहेका मतदाताले पनि भोट हालेको भन्दै सूची नै सार्वजनिक गरेको थियो । 

एमालेका नेता तथा स्याङ्जा-२ का एमालेका तर्फबाट उम्मेदवार बनेकी पद्मा कुमारी अर्याल, उनका श्रीमान् ,एमाले जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रेलगायतले सामाजिक सञ्चालमा मृत व्यक्तिहरू र विदेशमा रहेको भन्दै नामावली सार्वजनिक नै गरेका थिए । सार्वजनिक भएका नामावलीमध्ये धेरै व्यक्तिहरू जीवितै रहेको र विदेशमा भनिएका व्यक्तिहरू स्वदेशमा नै रहेको पुष्टि हुँदै गएको छ ।

एमालेका नेताहरूले सार्वजनिक गरेको मृतक मतदाता भनिएको नामावलीमा चापाकोट नगरपालिकाका प्रमुख देवबहादुर खाणका बुवाको नाम पनि समावेश छ । देवका बुवा  गोबिन्दबहादुर खाण भने जीवितै छन् ।

नगरप्रमुख खाणले सामाजिक सञ्चालनमा लेखेका छन्,‘मेरो पुजनीय पिता गोविन्दबहादुर खाणको मृत्यु भएको भनी सञ्‍चारका माध्यमहरूमा एमाले स्याङ्जाले नाम उल्लेख्य गरेको कार्यले दु:खित बनाएको छ । जिवितै मान्छेलाई मृत्यु भनी स्याङ्जामा एमालेबाट गरिएको अमर्यादित कार्यप्रति घोर भत्सर्नासहित कारबाहीको माग गर्दछु । समाजमा यस्ता नकारात्मक सन्देश दिने , सामाजिक द्वन्द्व बढाउने र समाजलाई आतंकित बनाउने कार्य निन्दनीय छ ।’

खाण मात्रै होइन मृतक मतदाता भनिएका धेरै व्यक्ति सार्वजनिक भएका छन् भने उनीहरूले आक्रोशसमेत पोखिरहेका छन् ।

चापाकोट नगरपालिका-५ की ७६ वर्षीय जुनमाया दमै पनि जिवितै छिन् । उनले मंसिर ४ गते जनसक्रिय आधारभूत विद्यालय चिठ्ठी पोखरी मतदान केन्द्रमा मतदान गरेकी हुन् ।

यस्तै चापाकोट ४ का बुद्धिबहादुर शाही पनि जिवितै रहेको भिडियो सार्वजनिक भएको छ । चापाकोटका धेरै व्यक्तिहरू यसरी सार्वजनिक हुने क्रम चलिरहेको छ ।

प्रतिक्रिया