ताजा अपडेट
बाजुराको मतगणना विवाद : सर्वदलीय बैठकमा एमाले अनुुपस्थित
बाजुरामा झडपका कारण रोकिएको मतगणना पुन: सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएपछि बुधबार अपराह्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले सहभागी भएको छैन । जसकारण मतगणना कार्य सुरु हुुन सकेको छैन ।
नेकपा एमाले बाहेक सबै दलका प्रतिनिधिहरू सर्वदलीय बैठकमा सहभागी थिए । तर एमालेका प्रतिनिधि नआएकाले मतगणना सुरु गर्ने सम्बन्धमा तत्काल निर्णय हुन नसकेको नेपाली कांग्रेसका जिल्ला उपसभापति पदमबहादुर बडुुवालले बताए ।
उनका अनुसार बिहीबार बिहान ७ बजे पुुनः बैठक राख्ने र एमालेलाई उपस्थितिका लागि फेरि आह्वान गर्ने निर्णय भएको छ ।
नेकपा एमालेले भने चेतन अयडीको हत्यामा संलग्नहरूलाई पक्राउ गर्नुपर्ने र आन्दोलनका क्रममा पक्राउ गरिएकालाई बिना सर्त रिहाइ नहुँदासम्म बैठकमा सहभागी नहुने निर्णय गरेको एमाले नेता काँसी बिकले बताए ।
उनले निर्वाचनका क्रममा भएका कमजोरी र ज्यादतीहरुको समीक्षा भएर साझा समझदारी नभएसम्म गणनाका लागि बोलाइने कुनै पनि औपचारिक बैठकमा सहभागी हुुने सम्भावना नरहेको बताए ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया