ताजा अपडेट
स्याङ्जा-२ मा ९ बजेबाट मतगणना सुरू हुने
स्याङ्जा-२ मा बुधबार राति ९ बजेबाट मतगणना सुरू हुने भएको छ । सर्वदलीय बैठकले अहिले ९ बजेबाट मतगणना गर्ने निर्णय गरेको हो । स्याङ्जा-२ चापाकोट नगरपालिकाका ४ वटा मतदान केन्द्रमा नेपाली कांग्रेसले बुथ कब्जा गरेको भन्दै नेकपा एमालेसहित अन्य राजनीतिक दलहरुले पुन: मतदानको माग गरेपछि गणना रोकिएको थियो ।
निर्वाचन आयोगले बुधबार नै स्याङ्जा-२ मा मतगणना सुरु गर्न निर्देशन दिएको थियो । बुथ कब्जा गरेर मृत्यु भएका र विदेशमा रहेका मतदाताको नाममा पनि मत खसालेको भन्दै सुरु भएको स्याङ्जा–२ को विवाद जिल्लास्तरबाट सुल्झन नसकेर आयोगमा आइपुगेको हो । स्याङ्जाको चापाकोट नगरपालिका–३ को दिसिङकोट आधारभूत विद्यालय, वडा ४ को राम मन्दिर मावि, वडा ५ का जनसक्रिय आधारभूत विद्यालय र दिनदलायु आधारभूत विद्यालयका सबै मतदात केन्द्रमा कांग्रेसका कार्यकर्ताले बुथ कब्जा गरेर फर्जी मत खसालेको एमालेको दाबी छ।
चापाकोट नगरपालिका–१ को भानु मावि आँधीचौघेरा, गल्याङ नगरपालिका–७ मनहरिखर्कको मतदान केन्द्र, कालीगण्डकी गाउँपालिकाको अमरदीप मावि र कोटाकोट आधारभूत विद्यालय केन्द्रमा एमालेले बुथ कब्जा गरेको कांग्रेसको आरोप छ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया