ताजा अपडेट
भारतको लखनउमा बस दुर्घटना, १४ नेपालीको मृत्यु
भारतको गुजरातबाट टीकापुरतर्फ आउँदै गरेको बस भारतको लखनउ नजिकै दुर्घटना हुँदा १४ जना नेपालीको ज्यान गएको छ । स्थानीय भुपेन्द्र साँउदका अनुसार टीकापुर नगरपालिका वडा नं १ व्यवशाय क्षेत्रका चन्द्रबहादुर साउँदको दुर्घटनामा परेर ज्यान गएको छ । उनका अनुसार मृतक साउँदका परिवारका अन्य सदस्यहरु समेत सोही बसमा यात्रारत थिए ।
मृत्यु हुने अन्य कसैको पनि सनाखत हुन सकेको छैन । उनीहरु सबै टीकापुर र आसपासका बासिन्दा भएको बुझिएको छ । बसमा यात्रारत अन्य थुप्रै व्यक्तिहरु दुर्घटनामा परेर घाईते भएका छन । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको छ ।
लखनउबाट ३० किलोमिटर नेपालतर्फ पुगेपछि बस दुर्घटनामा परेको हो । नेपाली चढेको बसलाई दुईतर्फबाट बसले ठक्कर दिएको बताईएको छ । बसको नम्बर खुल्न सकेको छैन । भारतको गुजरात, सुरत लगायतका क्षेत्रबाट नेपालीहरु मात्रै ओहोरदोहोर गर्न मिल्ने गरी बस सेवा सञ्चालनमा छन ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया