Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

ओली र प्रचण्डबीचमै कुरा मिलेन ! दाहाल माधव नेपाललाई छाड्न नचाहने, ओली नमान्ने

ओली र प्रचण्डबीचमै कुरा मिलेन ! दाहाल माधव नेपाललाई छाड्न नचाहने, ओली नमान्ने

प्रधानमन्त्रीसहित ८ मन्त्रीले शपथ ग्रहण गरेको २० दिन बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

चार मन्त्रीले शपथ ग्रहण गरेको २० दिनसम्म पनि मन्त्रालयको जिम्मा दिइएको छैन । नेकपा एमालेका तीन र जनमत पार्टीका एक मन्त्री दैनिक सिंहदरबार पुग्छन् र फर्किन्छन् ।

उनीहरुले अहिलेसम्म कुनै पनि मन्त्रालयको जिम्मेवारी प्राप्त गर्न सकेका छैनन् ।

नेकपा एमालेका दामोदर भण्डारी, ज्वालाकुमारी साह र राजेन्द्र राई रहेका छन् भने जनमत पार्टीका अब्दुल खान रहेका छन् ।

अहिलेसम्म तीन उपप्रधानमन्त्रीले मात्रै जिम्मेवारी पाएका छन् । अर्थमन्त्रीमा विष्णु पौडेल, भौतिक पूर्वाधारमा नारायणकाजी श्रेष्ठ र गृह मन्त्रीमा रवि लामिछानेले मात्रै जिम्मेवारी पाएका छन् ।

२० दिन बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाएको भए पनि सत्ता साझेदारका दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भागबण्डा टुंगो लाग्न नसकेको स्रोतको दाबी छ ।

नेकपा एमालेले ९, माओवादीले ५, रास्वपाले ३, राप्रपले ३, जसपाले ३ मन्त्रालयमा दाबी गरेका छन् ।

उच्च स्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्री दाहालले जुनसुकै हालतमा पनि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई साथमा लिएर हिँड्न चाहन्छन् तर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने ठाडै अस्वीकार गरेका छन् ।

त्यसैले नै सत्ता गठबन्धनमा समस्या पारेको र मन्त्रिपरिषद् विस्तार हुन नसकेको एक नेताको टिप्पणी छ ।

दुई शीर्ष नेताहरुबीच लगातार छलफल भइरहेको भए पनि सहमतिको खाका भने तयार भएको छैन ।

प्रधानमन्त्री दाहालले शनिबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँगको कुराकानीमा नेपाली कांग्रेसले आफूलाई दिएको समर्थनले थप जिम्मेवार बनाएको बताउँदै कांग्रेसप्रति लचिलो हुने संकेत गरेका छन् ।

“कांग्रेसले समर्थनमा भोट हालेपछि मेरो जिम्मेवारी हुन्छ,” उनको भनाई थियो, “सात दलको समर्थन लिएर राष्ट्रपतिकहाँ पुग्दा कांग्रेसले भोट हाल्छजस्तो लागेको थिएन ।”

दाहालले गरेको संकेतअनुसार सकेसम्म प्रमुख पदमा सहमतिकै आधारमा भागबण्डा गर्न सकिए सहज हुने देखिन्छ ।
त्यसकारण दाहालले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखलगायतका पदमा सबै दलको सहभागिता चाहेको उनी निकट स्रोत बताउँछ ।

दाहालले भने सत्ता गठबन्धनमा कुनै समस्या नरहेको भन्दै आज बेलुकासम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए ।

“आइतबार बेलुकासम्म मन्त्रिपरिषदलाई पूर्णता दिएर सोमबारको बैठक पूर्ण होस् भन्ने चाहेको छु,” उनको भनाई थियो ।

प्रतिक्रिया