ताजा अपडेट
ग्लोबल आइएमई बैंकलाई ५ अर्बको ऋणपत्र बिक्री गर्न सेबोनको अनुमति
ग्लोबल आइएमई बैंकले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ५० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति पाएको हो । यसमध्ये २० लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी ३० लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
यस ऋणपत्रमा वार्षिक ११.२५% ब्याजदर पाइनेछ । बैंकले ५ वर्ष अवधिको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४–८५’ जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यपिटलले गर्नेछ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया