ताजा अपडेट
रेशम रिहा गरेर माघीको उपहार दिन्छौ भनेर सरकारले झुक्यायो : नागरिक उन्मुक्ति
सुदूरपश्चिममा मुख्यमन्त्रीसंगै दुई जना मन्त्री चयन गरिएकोमा नागरिक उन्मुक्ति पार्टीले असन्तुष्टि व्यक्त गरेको छ ।
'हामीले मुख्यमन्त्रीलाई मात्र समर्थन गरेका हौ, किन सहमति र छलफल बिना दुई जना मन्त्री पनि नियुक्त गरियो, शनिवार प्रदेश सभाको बैठकमा बोल्दै नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका सदस्य लक्ष्मण किशोर चौधरीले भने, 'यसमा हाम्रो असहमति छ ।'
उनले रेशम चौधरी रिहाइ नभएसम्म सभामुख चयन प्रक्रियामा साथ नदिने समेत स्पष्ट पारे ।'सङ्घीय सरकारले हामीलाई माघीमा रेशम चौधरीलाई कारागारबाट छुटाएर माघीको उपहार दिने प्रतिबद्धता गरे,' चौधरीले भने, 'हामीलाई त्यसमा पनि झुक्याईयो । हाम्रो पहिलो माग रेशम चौधरीको रिहाइ हो । रिहाइ नभएसम्म हामी सरकारमा पनि सहभागी हुँदैनौ । सरकारलाई समर्थन पनि गर्दैनौ ।'
नागरिक उन्मुक्तिले शनिवार सभामुख चयनका लागि भएको मतदानमा साथ नदिँदा सत्तारुढ दलहरूका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार भीम बहादुर भण्डारी अस्वीकृत भए ।
नागरिक उन्मुक्ति सत्ता पक्षको बेञ्चमा बसे पनि सत्तापक्षको साथमा भने उभिएनन् । नागरिक उन्मुक्ति तटस्थ बस्दा भण्डारी पुनः दोस्रो पटक निर्वाचित हुन सकेनन् ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया