ताजा अपडेट
६८ जना यात्रु सवार यति एयरलाइन्सको जहाज पोखरामा दुर्घटना
६८ जना यात्रु बोकेर काठमाडौंबाट उडेको यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटनाग्रस्त भएको छ।
यती एअरलाइन्सले दिएको जानकारीअनुसार जहाजमा चालक दलका सदस्यसहित ७२ जना रहेका छन्। यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलका अनुसार दुर्घटनाग्रस्त विमानमा लागेको आगो निभाउने प्रयास जारी छ।
विमानस्थलमा अहिले आगोको मुस्लो देखिएको छ। उद्धारका लागि सुरक्षाकर्मी र एम्बुलेन्स परिचालन गरिएको छ।
आज बिहान काठमाडौबाट पोखराका लागि उडेको ९ एन एएनसी एटिआर–७२ वायुयान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एअरपोर्ट र नयाँ एअरपोर्टको बीचमा रहेको सेती किनारामा दुर्घटना भएको हो।
जहाजमा यात्रु संख्या ६८ र चालक दलका ४ जना रहेका थिए । उद्धार कार्य जारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए। आगो निभाउने क्रम जारी रहेको पनि उनले बताएका छन्।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया