Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

विमान दुर्घटना : ४५ शवकाे पहिचान खुलेन, डिएनए परीक्षणका लागि काठमाडौं लगिने

विमान दुर्घटना : ४५ शवकाे पहिचान खुलेन, डिएनए परीक्षणका लागि काठमाडौं लगिने

विमान दुर्घटना भेटिएका ६९ जनाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ। 

शवमध्ये ३८ जनाको मात्र पहिचान भएको छ भने अन्यको पहिचान हुन सकेको छैन। कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार मृतकहरूको पहिचान उनीहरूको साथमा रहेको सवारीचालक अनुमति-पत्र, मतदाता परिचय-पत्र, अन्य कागज-पत्र, पासपोर्टसँगै आफन्तको माध्यमबाट पहिचान गरिएको हो।

पहिचान गरिएका शवमध्ये २४ वटाको पोस्टमार्टम पोखरामा हुने भएको छ। अन्य ४५ शवलाई काठमाडौं लगिने भएको छ। पहिचान हुन नसकेका शवहरूको डिएनए परीक्षणपछि मात्र पहिचान खुल्ने भएकाले त्यसका लागि काठमाडौं लगिने उनले जानकारी दिए।

ती शवलाई सामबारै काठमाडौं लैजाने तयारी गरिए पनि मौसम सफा नभएकाले लान नसकिएको र मंगलबार काठमाडौंस्थित टिचिङ अस्पताल लगिने केसीले जानकारी दिए। 

शवहरू पोस्टमार्टमका लागि गोपालकुमार चौधरीको संयोजकत्वमा गठन गरिएको राष्ट्रिय शव परीक्षण समितिले काम गरिरहेको छ। टोलीमा पोखराका पाँचसँगै काठमाडाैंका दुई गरी सातजना चिकित्सकहरू खटिएका छन्।

प्रतिक्रिया