Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

रवि लामिछानेविरुद्धको अनुसन्धानमा लाग्न थाल्यो ‘ब्रेक’ : बोल्न डराउँछ प्रहरी !

रवि लामिछानेविरुद्धको अनुसन्धानमा लाग्न थाल्यो ‘ब्रेक’ : बोल्न डराउँछ प्रहरी !

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्धको प्रहरी अनुसन्धानमा ‘ब्रेक’ लागेको छ । उनी प्रहरीकै तालुकदार मन्त्रालयका ‘कमान्डर’ बनेपछि अनुसन्धानमा ‘ब्रेक’ लागेको हो ।

अमेरिकी नागरिकता नत्यागी झुटो कागजात पेस गरेर नेपाली राहदानी बनाएको आरोपमा प्रहरीले लामिछानेविरुद्ध अनुसन्धान सुरु गरेको थियो । प्रहरीले अनुसन्धान गर्दा उनी गृहमन्त्री नियुक्त भएका थिएनन् ।

उनी गृहमन्त्री नियुक्त भएसँगै प्रहरी उच्च अधिकारीले अनुसन्धान रोकिने संकेत गरेका थिए । कुनै पनि प्रहरी अधिकारीहरू लामिछानेविरुद्धको अनुसन्धान प्रगतिका बारेमा प्रतिक्रिया दिन मान्दैनन् ।

यसअघि, चितवन क्षेत्र नम्बर–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको नागरिकता विवादबारे प्रहरीको अनुसन्धान जारी थियो । जिल्ला प्रहरी परिसर काठमाडौंले उनीविरुद्धको नागरिकता विवादको उजुरीबारे अनुसन्धान गरिरहेको थियो ।

उनको नागरिकता विवादको उजुरीबारे अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई पत्र पठाएसँगै अनुसन्धान अगाडि बढाइएको थियो ।

प्रहरीले लामिछानेविरुद्ध सरकारी कागज दुरुपयोग सम्बन्धमा छानबिन अगाडि बढाएको थियो । प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले लामिछानेको नागरिकताको विषय कानुनानुसार नै रहेको तर राहदानीमा प्रयोग गरेका कागजात र विवरण शंकास्पद देखिएको  बताएका थिए ।

प्रहरीले यसबारे अमेरिकी दूतावास र अरू निकायलाई पत्र समेत लेखेको थियो । पत्रको जवाफ आए/नआएको प्रहरी खुलाउन चाहँदैन । लामिछाने गृहमन्त्री भएकाले उनीविरुद्धको अनुसन्धान प्रक्रियाका बारेमा प्रहरी अधिकारीहरू बोल्न डराउँछन् । अनुसन्धानबारे बोल्दा गृहमन्त्रीको नजरमा परिने भएकाले पनि प्रहरी अधिकारीहरूले बोल्न नमानेका हुन् ।

लामिछानेको नागरिकता छानबिनको माग गर्दै गृह मन्त्रालयमा उजुरी परेको थियो । उनी प्रतिनिधिसभा सदस्यको उमेदवार बन्दा पेस गरेको नागरिकता नै अवैध रहेको भन्दै निर्वाचन आयोगमा समेत उजुरी परेको थियो । त्यति बेला आयोगले नागरिकताको विषय आफ्नो कार्यक्षेत्र नभएको जनाएको थियो ।

लामिछानेमाथि सन् २०१८ मा अमेरिकी नागरिकता त्याग्ने प्रक्रिया अगाडि बढाए पनि अमेरिकी पासपोर्ट आफैँसँग राखेर सन् २०१५ मा नै नेपाली पासपोर्ट लिएको आरोप लाग्दै आएको छ । उनले खारेज भएको नागरिकता नै प्रयोग गरिरहेको बताइएको छ ।

लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन समेत दर्ता गरिएको थियो । रिटको अन्तिम सुनुवाइका निम्ति यही माघ ११ गतेका लागि पेसी तोकिएको छ ।

प्रतिक्रिया

ट्रेन्डिङ