ताजा अपडेट
सरकारमा नगएका दलहरूले संवैधानिक पदका निर्वाचनमा सहकार्य गर्ने
संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलगायत सरकारमा नगएका दलहरूले संवैधानिक पदमा सहकार्य गर्न सहमत भएका छन् । सोही सहमतिअनुसार बुधबार हुने सभामुखको निर्वाचनमा कांग्रेसलाई अन्य तीन दलले समर्थन गरेका छन् ।
कांग्रेसले ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाएको छ । कांग्रेस उम्मेदवार न्यौपानेलाई नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले समर्थन गरेका छन् ।
कांग्रेस उम्मेदवार न्यौपानेको प्रस्तावकमा महामन्त्री विश्वप्रकाश शर्मा छन् भने नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक प्रकाश ज्वाला उनको समर्थक छन् ।
नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक प्रकाश ज्वालाले आफूहरू प्रतिपक्षमा भएको हुनाले सभामुखमा कांग्रेसका उम्मेदवारलाई समर्थन गरेको बताए।
केही सर्तसहित सरकारलाई विश्वासको मत दिएको उल्लेख गर्दै नेता ज्वालाले सरकारलाई गुण र दोषका आधारमा विरोध र समर्थन गर्ने गरी रचनात्मक भूमिका निर्वाह गर्ने बताए।
प्रतिपक्षका दल एक ठाउँमा उभिएर सभामुख र उपसभामुखमा मिलेर चुनाव लड्ने उनको भनाइ छ । उपसभामुखबारे सभामुखको निर्वाचनपछि छलफल हुने उनको भनाइ छ।
त्यसपछि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनेछ । सो चुनावमा पनि सरकारबाहिर रहेका दलहरु मिलेर जाने तयारीमा छन् ।
सरकार गठन गर्दा वर्तमान सत्तागठबन्धनले बेवास्ता गरेको भन्दै बुधबार जसपाले सरकारमा नजाने निर्णय गरेको छ । उसले उपराष्ट्रपतिमा दाबी गर्दै आएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया