ताजा अपडेट
रवी लामिछानेभन्छन्- ‘मिडियाको हेडलाइन बदल्न सक्दिन, पुराना फरारहरु समातिन्छ्न्’
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवी लामिछानेले सञ्चारमाध्यमप्रति असन्तुष्टि जनाएका छन् ।
हत्याअभियोग लागेर फरार सांसद संसदमै उपस्थित हुँदासमेत गृहमन्त्री मुख दर्शक बनेको भन्दै आलोचना भएपछि लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत अभियुक्त समातिने बताएका हुन्। यसअघि मन्त्रालयले एमालेका फरार सांसद लक्ष्मी महतो कोइरीलाई पक्रन प्रहरीलाई निर्देशन दिएको थियो।
प्रतिनिधिसभामा बिहीबार नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कोइरी पक्राउ नपरेकोसम्बन्धमा गृहमन्त्री लामिछानेको ध्यानाकर्षण गराएका थिए। ‘पुराना फरारहरु समातिन्छन् मात्र होइन धेरै नयाँहरु फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ।’ उनले लेखेका छन्, ‘हिजो बोलेका शब्द-शब्दको हेक्का छ, भोट माग्दा गरेका वाचाहरूको हेक्का छ।’ लामिछानेले टेलिभिजनमा बोलेका कुराहरु अहिले सामाजिक सञ्जालमा भाइरल भएका छन्।
हिजो पत्रकार हुँदा नेता र सरकारको खेदो खन्ने अहिले आफू जिम्मेवारीमा पुग्दा स्टन्टबाजी र पुरानै नेताको जस्तो हबिगत देखिएको भन्दै विरोध भइरहेको छ। त्यतिमात्र होइन उनले पत्रकारिताप्रति नै असन्तुष्टि जनाएका छन्। ‘मिडियाको हेडलाइन म बदल्न सक्दिन तर जनताको लाइफलाइन बदल्न मेहनत गर्दैछु। धुलो धेरै छ, पुरानो छ.. थोरै पर्खिनु चाहिँ पर्छ!!’ लेखेका छन्।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया