Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २७ चैत २०८२
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

जनता आगोमा जल्दा सरकार रमिते

जनता आगोमा जल्दा सरकार रमिते

मंगलबार दिउँसो संघीय संसद भवन नयाँ वानेश्वर अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सवार गाडी साइरन बजाउँदै हुइँकिरहेको थियो ।

त्यसैबेला एक युवा उनको गाडी अगाडि आए र आफ्नै जिवित शरिरलाई आगोमा जलाइदिए । उनी नेपाली नागरिक प्रेम प्रसाद आचार्य थिए । देशमा व्यप्त वेथितिको जर्जर अवस्था र त्यस अवस्थाका कारण युवाले भोग्नु परेको कठिन परिस्थितिलाई उजागर गर्न मुलुक हाक्ने दायित्व बोकेकाहरुकै सामु एक युवाले आफैलाई जलाउनु परेको छ । यस घटनापछि अहिले मुलुकको समग्र अवस्थामाथि चर्चा चुलिएको छ ।

नागरिकलाई आत्मदाह गर्नु पर्नेसम्मको परिस्थिति निम्त्याउने सरकारका विरुद्ध अहिले युवाहरु सडकमा उर्लिएका छन् ।

मंगलबार संघीय संसद अगाडि आत्मदाह गर्ने इलामका प्रेमप्रसाद आचार्यको बुधबार उपचारका क्रममा निधन भयो ।

उनको निधन पश्चात युवाहरु सडक संर्घषमा उत्रेका छन् । मृतक आचार्यले मुलुकमा व्याप्त वेथिति र त्यस वेथितिले बाँच्नै नसक्ने गरि भोग्नु परेको समस्याकै कारण आफुले आफैलाई जलाएर मर्ने निधो गरेको उल्लेख गरेका छन् ।

मृत्युअघि लामो ‘सुसाइट नोट’ लेख्दै उनले भनेका छन्, विभिन्न व्यवसाय गर्न खोज्दा राज्य व्यवस्था र नीति नियम बाधक बनी आफूले काम गर्न नसकेको र आफूले काम गरेको ठाउँबाट पनि पाउनुपर्ने रकम नपाएका कारण ठूलो आर्थिक क्षति व्यहोर्नुप-यो ।

मुलुक व्यवस्थापनको जिम्मा लिएका राजनीतिक नेताहरुले मुलुकलाई चरम वेथितिको अवस्थामा पु¥याएको भाव उनको सुसाइट नोटमा छ ।

आत्मदाह गर्नु पूर्व उनले सरकारसँग २५ बुँदै सुझाव सहितका माग गरेका छन् । सरकारले नागरिकप्रति देखिएको उदासिनताले नागरिकले जिउँदै शरीरमा आगो लगाएर मर्नु बाध्य पारेको भन्दै युवाहरु स्वर्गिय आचार्यका माग पुरा गर्न माग राख्दै सडक संघर्ष चर्काइरहेका छन् ।

सरकारको विरोधमा उनीहरुले बुधबार काठमाडौंको माईतीघर र बानेश्वर क्षेत्रमा प्रर्दशन गरे ।

मतदाताहरुले नयाँ शक्तिको रुपमा सत्तामा पु¥याएकाहरुले यो अवस्थाको सिर्जना गर्नेहरुलाई कारबाही गरेर अघि बढ्न नसके देशले अझै ठूलो दुर्घटना भोग्नुपर्ने प्रदर्शनमा उत्रिएकी एक आन्दोलनकारी बताउँछिन् ।

बैंकहरुले उद्योगीहरुलाई दिने लोनहरुमा सहुलियत दिनुको ठाउँमा उल्टै कमिसन खाने जस्ता कुराहरुले उद्योगी, व्यवसायीहरु झनै पीडामा परेको प्रदर्शनकारीहरुको भनाई छ ।

गृहमन्त्री रवि लामिछानेले माफी मागेर मात्रै घटना नसकिने भन्दै आत्मदाहको अवस्थासम्ममा लैजान प्रेरित गर्ने सबैलाई कारबाही गर्नसकेमात्र मृतकप्रति न्याय हुने प्रदर्शनकारीहरु बताउँछन् ।

सरकार र राजनीतिक नेताहरुले आत्मदाह गर्ने अवस्था सृजना गरेको भन्दै प्रदर्शनकारीहरुले ‘यो देश हो कि बधशाला ?, अर्काे जल्दो शरीर मेरो नहोस्, उद्यमशील नेपाल नारा मात्रै हो ?

प्रेमप्रासद आचार्यको परिवारलाई न्याय दे, देशमै केही गर्छु भन्नु अपराध हो सरकार ?

यो आत्महत्या होइन राज्यबाट भएको हत्या हो ? ठूला व्यापारी कसको आश्रयमा ? स्व.आचार्यका २५ बुँदे माग पूरा गर’ लगायतका पम्प्लेट बोकेर प्रदर्शन गरेका छन् ।

युवाले प्रधानमन्त्रीकै अघि आत्मदाह गरेको विषयमा प्रधानमन्त्री भने अहिलेसम्म पनि घटना नदेखे र नसुनेझै गरिरहेका छन् । गृहमन्त्री रवि लामिछानेले भने औपचारिकता पुरा गरे झै गरि प्रतिक्रिया जनाएका छन् ।

मृतक आचार्यले मुलुकको अर्थतन्त्र सुधारकालागि राष्ट्रिय उत्पादनमा जोड दिनुपर्ने, आकर्षक बजार क्रय विक्राय नीति लागू गर्नु पन, उधारो बजारको अन्त्य गर्नु पर्ने, व्यापारिक डनहरुलाई पाल्ने काम बन्द गर्नु पर्नेलगायत २५ बुँदे माग राखेका छन् ।

प्रतिक्रिया