Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०७ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

सेटिङमा टेन्डर: सेतीमा एमआरआई मेसिन उपलब्ध छैन

सेटिङमा टेन्डर: सेतीमा एमआरआई मेसिन उपलब्ध छैन

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा २०७८ पुस महिनाभित्रै म्याग्नेटिक रेजोनेन्स इमेजिङ (एमआरआई) मेसिन जडान भइसक्नुपर्ने थियो। तर अस्पतालमा भवन अभाव भएको भन्दै मेसिन नै ल्याइएन। अस्पतालले १.५ टेस्ला क्षमताको एमआरआई खरिदको जिम्मा हस्पिटेक नेपाल नामक कम्पनीलाई दिएको थियो।

हस्पिटेकले फिलिप्स कम्पनीको एमआरआई मेसिन नेपालमा भित्र्याउँदै आएको छ। अस्पताल र हस्पिटेकबिच २०७८ असार २३ गते ६ महिनाभित्र अस्पतालमा एमआरआई मेसिन जडान गरिसक्ने सम्झौता भएको थियो। तर अस्पतालमा अहिलेसम्म पनि एमआरआई मेसिन जडान भएको छैन। 
सरकारले आयात रोकेकोले कम्पनिले जडान गर्न नसकेको अस्पतालका सूचना अधिकारी मेखराज ओझाले बताए ।

२०७८ पुस महिनामा जडान हुनुपर्ने सम्झौता गरेको भएपनि अस्पतालमा एमआरआईका लागि भवन नभएको भन्दै २०७९ मंसिरसम्म म्याद थप गरिएको थियो। तर उक्त अवधिमा पनि अस्पतालमा एमआरआई मेसिन जडान भएन। तोकिएको समयसम्म एमआरआई उपलब्ध गराउन नसकेको कम्पनीलाई अस्पतालले कारबाही गर्नुको सट्टा उल्टो समय थप्दै आइरहेको छ। कम्पनीले फेरि वैशाखसम्मको समय माग्दै म्याद थपका लागि निवेदन दिएको छ।

अस्पताल स्रोतका अनुसार सुरुमा नै कम्पनीसँगको मिलेमतोमा खरिद प्रक्रिया अगाडि बढाइएका कारण अहिले पुनः कम्पनीकै माग अनुसार म्याद थप्ने काम अगाडि बढाइएको छ।

‘एमआरआई मेसिन खरिदको प्रक्रिया अगाडि बढेदेखि नै हस्पिटेकसँग सेटिङ गरिएको थियो। अब अहिले कम्पनीले सम्झौता अनुसार मेसिन ल्याउन सकेको छैन। तर फेरि कम्पनीकै चाहना अनुसार म्याद थप्ने काम अगाडि बढाइएको छ,’ अस्पताल स्रोतले भन्यो।

अस्पताल खरिद गर्न लागेको एमआरआई १ दशमलव ५ टेस्लाको ७० सेन्टिमिटर बोर साइज र ४८ च्यानल क्षमता भएको हो। उक्त एमआरआई १६ करोड रुपैयाँमा खरिद गर्ने निर्णय भएको छ।

प्रतिक्रिया