Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

सेटिङमा टेन्डर: सेतीमा एमआरआई मेसिन उपलब्ध छैन

सेटिङमा टेन्डर: सेतीमा एमआरआई मेसिन उपलब्ध छैन

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा २०७८ पुस महिनाभित्रै म्याग्नेटिक रेजोनेन्स इमेजिङ (एमआरआई) मेसिन जडान भइसक्नुपर्ने थियो। तर अस्पतालमा भवन अभाव भएको भन्दै मेसिन नै ल्याइएन। अस्पतालले १.५ टेस्ला क्षमताको एमआरआई खरिदको जिम्मा हस्पिटेक नेपाल नामक कम्पनीलाई दिएको थियो।

हस्पिटेकले फिलिप्स कम्पनीको एमआरआई मेसिन नेपालमा भित्र्याउँदै आएको छ। अस्पताल र हस्पिटेकबिच २०७८ असार २३ गते ६ महिनाभित्र अस्पतालमा एमआरआई मेसिन जडान गरिसक्ने सम्झौता भएको थियो। तर अस्पतालमा अहिलेसम्म पनि एमआरआई मेसिन जडान भएको छैन। 
सरकारले आयात रोकेकोले कम्पनिले जडान गर्न नसकेको अस्पतालका सूचना अधिकारी मेखराज ओझाले बताए ।

२०७८ पुस महिनामा जडान हुनुपर्ने सम्झौता गरेको भएपनि अस्पतालमा एमआरआईका लागि भवन नभएको भन्दै २०७९ मंसिरसम्म म्याद थप गरिएको थियो। तर उक्त अवधिमा पनि अस्पतालमा एमआरआई मेसिन जडान भएन। तोकिएको समयसम्म एमआरआई उपलब्ध गराउन नसकेको कम्पनीलाई अस्पतालले कारबाही गर्नुको सट्टा उल्टो समय थप्दै आइरहेको छ। कम्पनीले फेरि वैशाखसम्मको समय माग्दै म्याद थपका लागि निवेदन दिएको छ।

अस्पताल स्रोतका अनुसार सुरुमा नै कम्पनीसँगको मिलेमतोमा खरिद प्रक्रिया अगाडि बढाइएका कारण अहिले पुनः कम्पनीकै माग अनुसार म्याद थप्ने काम अगाडि बढाइएको छ।

‘एमआरआई मेसिन खरिदको प्रक्रिया अगाडि बढेदेखि नै हस्पिटेकसँग सेटिङ गरिएको थियो। अब अहिले कम्पनीले सम्झौता अनुसार मेसिन ल्याउन सकेको छैन। तर फेरि कम्पनीकै चाहना अनुसार म्याद थप्ने काम अगाडि बढाइएको छ,’ अस्पताल स्रोतले भन्यो।

अस्पताल खरिद गर्न लागेको एमआरआई १ दशमलव ५ टेस्लाको ७० सेन्टिमिटर बोर साइज र ४८ च्यानल क्षमता भएको हो। उक्त एमआरआई १६ करोड रुपैयाँमा खरिद गर्ने निर्णय भएको छ।

प्रतिक्रिया