Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०७ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

आज बस्ने सुदूरपश्चिम प्रदेश सभाको बैठकमा नाउपा उपस्थित नहुने

आज बस्ने सुदूरपश्चिम प्रदेश सभाको बैठकमा नाउपा उपस्थित नहुने

नागरिक उन्मुक्ति पार्टी (नाउपा)आज बस्ने सुदूरपश्चिम प्रदेश सभाको बैठकमा उपस्थित नहुने भएको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिने तयारी गरेपनि नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्यहरू भने काठमाडौंमै छन्।

नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भएपछि एमाले नेतृत्वको सुदूरपश्चिम सरकार संकटमा परेको छ।प्रदेश सभामा नाउपाका सात सांसद छन्। अहिलेकै अवस्थामा उनीहरूको समर्थनबिना रावललाई विश्वासको मत पुग्दैन।
 
प्रदेश सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। बिहीबार विश्वासको मत नपाए रावल नेतृत्वको सरकार ढल्नेछ। उनी गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए।काठमाडौंमा रहेका नाउपाका सांसदहरूले शुक्रबार मात्रै धनगढी फर्किने बताएका छन्। नाउपा संसदीय दलका नेता रामेश्वर चौधरीले आफूहरू प्रदेश सरकार गठनमा सहभागी नहुने बताए। 

५३ सदस्यीय प्रदेश सभामा कुनै पनि दलको एकल बहुमत छैन। मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्छ। प्रदेश सभामा एमालेका १०, माओवादी केन्द्रका सभामुखबाहेक १०, र राप्रपाका १ सांसद छन्। विपक्षमा रहेको नेपाली कांग्रेसका १९, नेकपा (एकीकृत समाजवादी)का ४ र १ स्वतन्त्र सदस्य छन्।  

प्रतिक्रिया