ताजा अपडेट
आज बस्ने सुदूरपश्चिम प्रदेश सभाको बैठकमा नाउपा उपस्थित नहुने
नागरिक उन्मुक्ति पार्टी (नाउपा)आज बस्ने सुदूरपश्चिम प्रदेश सभाको बैठकमा उपस्थित नहुने भएको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिने तयारी गरेपनि नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्यहरू भने काठमाडौंमै छन्।
नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भएपछि एमाले नेतृत्वको सुदूरपश्चिम सरकार संकटमा परेको छ।प्रदेश सभामा नाउपाका सात सांसद छन्। अहिलेकै अवस्थामा उनीहरूको समर्थनबिना रावललाई विश्वासको मत पुग्दैन।
प्रदेश सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। बिहीबार विश्वासको मत नपाए रावल नेतृत्वको सरकार ढल्नेछ। उनी गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए।काठमाडौंमा रहेका नाउपाका सांसदहरूले शुक्रबार मात्रै धनगढी फर्किने बताएका छन्। नाउपा संसदीय दलका नेता रामेश्वर चौधरीले आफूहरू प्रदेश सरकार गठनमा सहभागी नहुने बताए।
५३ सदस्यीय प्रदेश सभामा कुनै पनि दलको एकल बहुमत छैन। मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्छ। प्रदेश सभामा एमालेका १०, माओवादी केन्द्रका सभामुखबाहेक १०, र राप्रपाका १ सांसद छन्। विपक्षमा रहेको नेपाली कांग्रेसका १९, नेकपा (एकीकृत समाजवादी)का ४ र १ स्वतन्त्र सदस्य छन्।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया