ताजा अपडेट
नेपाली काँग्रेस संसदीय दलका नेता कमल शाह मुख्यमन्त्री बन्दै
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले बहुमत गुमाएका छन् । प्रदेश सभामा नागरिक उन्मुक्ति उपस्थित नभएपछि उनले आज विश्वासको मत नपाउने भएका हुन् ।
नागरिक उन्मुक्तिको समेत समर्थनमा एक महिनाअघि मुख्यमन्त्री भएका रावलले बहुमत गुमाएपछि आजै मुख्यमन्त्री पद गुमाउनेछन् । अब सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाली काँग्रेस संसदीय दलका नेता कमल शाह मुख्यमन्त्री बन्ने भएका छन् ।
संविधानको धारा १६८ को २ अनुसार २ वा २ भन्दा बढीको समर्थनमा एमाले संसदीय दलका नेता रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनी अघिल्लो पुस २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। रावलले आज विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक व्यवस्था रहेको छ ।
यता १६८ को २ अनुसार मुख्यमन्त्री बनेका रावलले ३० दिन भित्र विश्वासको मत लिन नसके ३ अनुसार ठुलो दलको संसदीय दलको नेता मुख्यमन्त्री बन्ने संवैधानिक व्यवस्था रहेको छ । यही व्यवस्था अनुसार काँग्रेसका शाह भावी मुख्यमन्त्री बन्ने सम्भावना अत्यधिक रहेको छ । उनलाई शुभकामना तथा बधाई दिन सुरु भइरहेको छ । अहिले मुख्यमन्त्री रावलले प्रदेश सभामा विश्वासको मत मागिरहेका छन् ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया