ताजा अपडेट
प्रदेश सभा बैठकमा नागरिक उन्मुक्ति पार्टी अनुपस्थित, मुख्यमन्त्रीले गुमाए बहुमत
विश्वासको मत लिने समय सीमा सकिन लागेपछि नागरिक उन्मुक्ति पार्टीको उपस्थिति बिना नै मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाएको सुदूर पश्चिम प्रदेश सभाको बैठक शुरु भएको छ ।
प्रदेश सभामा नागरिक उन्मुक्ति उपस्थित नभएपछि मुख्यमन्त्री राजेन्द्र रावलले बहुमत गुमाएका छन् ।नागरिक उन्मुक्तिको समेत समर्थनमा एक महिनाअघि मुख्यमन्त्री भएका रावलले बहुमत गुमाएपछि आजै मुख्यमन्त्री पद गुमाउनेछन् ।
मुख्यमन्त्री रावलले यतिबेला प्रदेश सभा सम्बोधन गरिरहेका छन् । सम्बोधनका क्रममा उनले पदबाट राजिनामा दिने अनुमान गरिएको छ ।प्रदेश सभामा यतिबेला मुख्यमन्त्री रावलको पक्षमा एमालेका १०, माओवादी केन्द्रका १० र राप्रपाका एक गरी २१ जना मात्र देखिएका छन् । बहुमत पुर्याउन २७ सांसदको मत आवश्यक पर्छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया