Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०७ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

ढल्यो एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार

ढल्यो एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार

एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार ढलेको छ। मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार ढलेको हो। 

बिहीबार अपराह्न बसेको प्रदेश सभा बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री रावलले विश्वासको मतका लागि प्रस्ताव गरेका थिए।तर, विश्वासको मतको प्रस्ताव अस्वीकृत भएको छ। 

टीकापुर घटनाका कैदीबन्दीहरुलाई रिहाइ गरेपछि मात्रै मुख्यमन्त्रीलाई विश्वासको मत दिने नागरिक उन्मुक्ति पार्टीको निर्णयपछि सरकार ढलेको हो। टीकापुर घटनाका कैदीबन्दीहरुलाई रिहाइ गरेपछि मात्रै मुख्यमन्त्रीलाई विश्वासको मत दिने नागरिक उन्मुक्ति पाटीले निर्णय गरेको थियो। उक्त पार्टीका ७ सांसद काठमाडौंमा छन्। आजको प्रदेश सभा बैठकमा सहभागी भएनन्। 

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पुस २७ गते रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्री रावलले बिहीबार विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यता थियो।संविधानको धारा १६८ को (२) अनुसार मुख्यमन्त्री बनेका रावलले ३० दिन भित्र विश्वासको मत लिन नसकेपछि धारा (३) अनुसार ठुलो दलको संसदीय दलको नेता मुख्यमन्त्री बन्ने संवैधानिक व्यवस्था रहेको छ। यही व्यवस्था अनुसार कांग्रेसका शाह मुख्यमन्त्री बन्नेछन्। 

प्रतिक्रिया