Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

चितवन क्षेत्र नम्बर २ मा बैशाख १० गते उपनिर्वाचन हुने

चितवन क्षेत्र नम्बर २ मा बैशाख १० गते उपनिर्वाचन हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछि रिक्त चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुने भएको छ । आज बसेको निर्वाचन आयोगको बैठकले वैशाख १० गतेका लागि उपनिर्वाचनको मिति घोषणा गरेको हो । आयोगले आज सार्वजनिक गरेको विज्ञप्तिमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन,२०७४ को दफा ६८ बमोजिम उपनिर्वाचनको मिति तोक्ने निर्णय भएको उल्लेख छ । 

यसअघि रास्वपाले तत्काल उपनिर्वाचनको मिति तोक्न सरकारलाई दबाब दिँदै आएको थियो । आज बिहान बसेको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा पनि तत्काल उपचुनाव गर्नेबारे लामिछानेले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएपछि त्यसबारे छलफल भएको थियो । 

गत मंसिरमा भएको निर्वाचनमा लामिछाने भारी मतले चितवन-२ बाट निर्वाचित भएका थिए । तर, सर्वोच्च अदालतको संवैधानिक इजलासले उनको नागरिकता अवैध ठहर गरेपछि सांसद पद खारेज भएको हो । त्यसपछि उपप्रधानसहित गृहमन्त्री पद गुमाएका लामिछाने तत्काल उपनिर्वाचनमार्फत चुनिएर आउन चाहन्छन् । तर,संसद्को चौथो शक्ति रास्वपाको निर्णयले राष्ट्रपतिको चुनाव प्रभावित हुनसक्ने अवस्थालाई समेत ध्यानमा राखेर बैशाखमा चुनावको मिति तय भएको बताइन्छ ।

बैशाखसम्ममा लामिछानेमाथि लागेको दोहोरो राहदानीको आरोप किनारा लागिसक्ने र राष्ट्रपति, उपराष्ट्रपतिको चुनावपछि थप क्षेत्र रिक्त भए ती ठाउँमा पनि एकैचोटी चुनाव गराउन सजिलो हुने भएकाले बैशाख पुर्याइएको जानकार स्रोतले बताएको छ ।

प्रतिक्रिया