Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

चितवन क्षेत्र नम्बर २ मा बैशाख १० गते उपनिर्वाचन हुने

चितवन क्षेत्र नम्बर २ मा बैशाख १० गते उपनिर्वाचन हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछि रिक्त चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुने भएको छ । आज बसेको निर्वाचन आयोगको बैठकले वैशाख १० गतेका लागि उपनिर्वाचनको मिति घोषणा गरेको हो । आयोगले आज सार्वजनिक गरेको विज्ञप्तिमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन,२०७४ को दफा ६८ बमोजिम उपनिर्वाचनको मिति तोक्ने निर्णय भएको उल्लेख छ । 

यसअघि रास्वपाले तत्काल उपनिर्वाचनको मिति तोक्न सरकारलाई दबाब दिँदै आएको थियो । आज बिहान बसेको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा पनि तत्काल उपचुनाव गर्नेबारे लामिछानेले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएपछि त्यसबारे छलफल भएको थियो । 

गत मंसिरमा भएको निर्वाचनमा लामिछाने भारी मतले चितवन-२ बाट निर्वाचित भएका थिए । तर, सर्वोच्च अदालतको संवैधानिक इजलासले उनको नागरिकता अवैध ठहर गरेपछि सांसद पद खारेज भएको हो । त्यसपछि उपप्रधानसहित गृहमन्त्री पद गुमाएका लामिछाने तत्काल उपनिर्वाचनमार्फत चुनिएर आउन चाहन्छन् । तर,संसद्को चौथो शक्ति रास्वपाको निर्णयले राष्ट्रपतिको चुनाव प्रभावित हुनसक्ने अवस्थालाई समेत ध्यानमा राखेर बैशाखमा चुनावको मिति तय भएको बताइन्छ ।

बैशाखसम्ममा लामिछानेमाथि लागेको दोहोरो राहदानीको आरोप किनारा लागिसक्ने र राष्ट्रपति, उपराष्ट्रपतिको चुनावपछि थप क्षेत्र रिक्त भए ती ठाउँमा पनि एकैचोटी चुनाव गराउन सजिलो हुने भएकाले बैशाख पुर्याइएको जानकार स्रोतले बताएको छ ।

प्रतिक्रिया