Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

रेडियो दिवसको अवसरमा काठमाडौँमा वानको विशेष कार्यक्रम

रेडियो दिवसको अवसरमा काठमाडौँमा वानको विशेष कार्यक्रम

ब्रोडकास्टिङ एशोसिएशनअफ नेपाल(वान)ले विश्व रेडियो दिवसका अवसरमा ‘रेडियो र शान्ति’ विषयमा कार्यक्रम गरेको छ । १२ औँ विश्व रेडियो दिवसको पूर्व सन्ध्यामा उक्त कार्यक्रम काठमाडौँमा गरिएको हो । 


बिज्ञापन

कार्यक्रममा सहभागी विभिन्न राजनीतिक दलका नेता, समाज शास्त्री, विज्ञ र रेडियोकर्मीहरूले रेडियोले शान्ति प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरेका थिए । 

राजनीतिक, सामाजिक र परिवारभित्रको शान्ति प्रक्रियामा पनि रेडियोले भूमिका खेलेको उदाहरणहरू पनि कार्यक्रममा प्रस्तुत गरिएको वानका केन्द्रीय कोषाध्यक्ष हरि जोशीले जानकारी दिनुभयो ।

यस्तै, कार्यक्रममा सहभागी सांसद विद्या भट्टराईले रेडियो र रेडियोकर्मीको समस्याका विषयहरू संसदमा राख्ने, नीति निर्माणमा सघाउने प्रतिबद्धता गर्नुभयो । उहाँले परिवर्तनका लागि सञ्चार माध्यमले धेरै ठुलो भूमिका खेलेको उल्लेख गर्नुभएको छ । 

त्यस्तै, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, सूचना विभागका महानिर्देशक शङ्कर नेपाल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्काले रेडियोले शान्ति प्रक्रियामा खेलेको भूमिकालाई सरकारी स्तरबाटै संस्थागत गर्नु पर्नेमा जोड दिनुभयो ।

यस्तै, समाज शास्त्री डाक्टर सुरेश ढकाल, शान्ति प्रक्रियाका अभियन्ता राधा पौडेलले समाज भित्रका द्वन्द्वलाई शान्ति प्रक्रियामा रुपान्त्रण गर्न केन्द्रित हुनुपर्ने सुझाव दिनुभयो ।

यसका साथै, मिडियाका अध्ययता डाक्टर सुधांसु दाहाल, डाक्टर भूमि चापागाईँले रेडियोले अबपारिवारीक शान्ति प्रक्रियालाई जोडेर समाजको शान्ति रुपान्त्रणमा रेडियोका विषयवस्तु केन्द्रित गर्नुपर्ने बताउनुभएको छ  । भने बागमती प्रदेशका सञ्चार रजिस्टार रेवती सापकोटाले केही नीतिगत समस्या रहेको उल्लेख गर्नु भयो । 
त्यस्तै, अभियन्ता राधा पौडेलले महिलाको महिनावारीको विभेदका कारण आएका समस्याहरूले पनि शान्ति स्थापना हुन नसकेको अवस्थामा रेडियोको भूमिका हुने औँल्याउनु भयो । भने पत्रकार विनोद ढुङ्गेलले रेडियोले गरेको राम्रो कामको जति चर्चा गरे पनि नपुग्ने बताउनुभयो ।

यस्तै, पत्रकार महिला निर्मला शर्माले नेपालमा सञ्चारकर्मी उत्पादन गर्ने महत्त्वपूर्ण भूमिका रेडियोका भएकाले समाजका मुद्दामा पनि रेडियोको अगुवाइ रहेको बताउनुभएको छ । 

फ्रेबअरी १३ का दिन विश्व सञ्चार जगतमा रेडियोले दिएको योगदान र त्यसले समाजमा ल्याएको परिवर्तनलाई सम्मान स्वरूप संसारभरका रेडियोकर्मीहरूले ’विश्व रेडियो दिवस’को रूपमा मनाउने गर्दछन् ।

मानव सभ्यताको विकास अनि परिवर्तित प्रजातान्त्रिक अभ्यासमा अघि बढ्दै गरेको संसारलाई जनमनमा प्रभावकारी सूचना प्रवाहमा रेडियोको । महत्त्वपूर्ण योगदान रहेको छ । देशभरिका व्यावसायिक रेडियोहरूको छाता संस्था वानले रेडियोका मुद्दामा निरन्तर पैरवी गरिरहेको छ । 

प्रतिक्रिया

ट्रेन्डिङ