Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०७ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

मोबाइल पसलमा लुटपाट गर्नेमध्ये नौ जना पक्राउ

मोबाइल पसलमा लुटपाट गर्नेमध्ये नौ जना पक्राउ

गत सोमबार साँझ गोंगबुस्थित लोत्से मलमा रहेको मोबाइल पसलमा लुटपाट गर्नेमध्ये नौ जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । बुधवार आयोजित पत्रकार सम्मेलनमा पक्राउ परेका ती नौ जना युवाहरुलाई सार्वजनिक गरिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दान कार्कीले मोबाइल पसल लुटपाटमा संलग्नमध्ये नौ जनालाई पक्राउ गरिएको जानकारी दिएका छन् ।

एसएसपी कार्कीले सामाजिक सञ्जालका फुटेजहरुका आधारमा छानबिनका क्रममा उनीहरुलाई पक्राउ गरिएको बताए । कार्कीका अनुसार चोरीका सामान नै बोकेका व्यक्तिहरु पक्राउ परेका हुन्, जसमा आगजनीमा पनि संलग्नहरु छन् ।

यहि विषयलाई लिएर बुधवार संसदमा अधिकांश सांसदहरुले प्रश्न सोधेका थिए ।

यो विषयमा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले पनि चासो व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालले गोंगबुमा भएको घटनाको गम्भीर रूपमा छानविन गर्न सुरक्षा अंगका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सुरक्षा अंगका प्रमुखहरुलाई निर्देशन दिँदै प्रधानमन्त्रीले घटनाको गहिरो गरी छानविन गर्न र अन्याय परेका सबैले समुचित न्याय पाउने गरी कार्वाही गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री दाहालले भनेका छन्– ‘गोंगबुमा सोमबार भएको घटनालाई मैले गम्भीर रूपमा लिएको छु । राजधानीमा नै यस प्रकृतिका घटना हुँदा घटनालाई राज्यले गम्भीर रूपमा लिनु पर्छ । घटनाको पृष्ठभूमि के छ, के कारणले त्यस्तो अप्रिय घटना घट्न पुग्यो, त्यसमा दोषी कोको छन्, त्यो सबै कुराको गहिरो गरी अनुसन्धान गर्नुस् । लुटपाटको घटना झन् गम्भीर छ, त्यसमा दोषीलाई कार्वाही गर्नुस् र जो जो पीडित छन्, उनीहरूले छिटोभन्दा छिटो न्याय पाउने वातावरण बनाउनुस् ।’

प्रतिक्रिया